टर्कीमा सैन्य कूको प्रयास असफल, अहिलेसम्म २०० जना मारिए

काठमाडौं, १ साउन

हजारौ हजार  मानिस  सडकमा उत्रिएपछि टर्कीमा सैन्य कूको प्रयास असफल भएको छ  भने  सत्ता कब्जाको प्रयास गर्ने १०४ जना भन्दा बढी मारिएका छन् । उच्च सैनिक अफिसरसहित २ हजार ८ सय बढी सैनिक पक्राउ परेका छन् ।

टर्कीका कार्यबाहक सेना प्रमुखका अनुसार सैन्य बलको एक समूहले गरेको सत्ता कब्जाको प्रयास असफल भएको हो  । राष्ट्रपति रेचप तैयब एर्दोआन छुट्टी मनाउन गएको बेला सैन्य कूको प्रयास भएको थियो । सेनाको एक समूहले राष्ट्रिय टेलिभिजनमार्फत सत्ता कब्जाको घोषणा गर्नुका साथै कफ्र्यू लगाएको थियो । सेनाका बख्तरबन्ध गाडीहरु सडकमा आएको थियो ।  रातभर राजधानी अंकारामा गोलाबरी समेत भयो । यस क्रममा सैन्य कूको प्रयासमा संलग्न बाहेक ९० जनाको मृत्यु भएको छ भने ११५४ जना घाइते भएका छन् ।

टर्कीका राष्ट्रपति एर्दोआनाले लोकतन्त्रका लागि सडकमा आउन जनतालाई अपील गरे । छुट्टी मनाउन गएका उनी देश फर्किएका छन् र यसलाई देशद्रोहको संज्ञा दिएका छन् । लगतै हजारौं मानिस सडकमा आएपछि सत्ता कब्जाको प्रयास असफल भएको छ ।  इस्तानबुलको बोसफोरस पुलमा रहेका बिद्रोही सैनिकहरुले आत्मसमर्पण गरेका छन् । सडकमा उत्रिएका राष्ट्रपतिका समर्थकहरुले बिद्रोही सैनिकमाथि बेल्टले होनेको तथा सैन्य टंकहरु कब्जामा लिएको फुटेज सरकारी टीभीमा देखाइएको छ ।

बिद्रोही सैनिकहरुको हिरासतमा रहेका सेना प्रमुखलाई उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । इस्तानबुलको विमानस्थल सेनाको नियन्त्रणमा आएको छ र उडान तथा अवतरण सुरु भएको छ । सेनाको हेलिकोप्टरमा गि्रस पुगेका ८ जनालाई फिर्ता पठाइएको छ, जो शरण माग्न ग्रिस पुगेका थिए । केही उच्च सैनिक अधिकारीलाई हटाइएको छ ।

सैन्य कूको योजनाकार अझै प्रष्ट भएको छैन । तर, टर्कीका राष्ट्रपति र प्रधानमन्त्रीले सैन्य कूको प्रयासको आरोप निर्वासित इस्लाम धर्मगुरु फतहुल्लाह गुलेनमाथि लगाएका छन् । गुजेनको पक्षमा उभिने देश टर्कीको मित्र हुने नसक्ने र उक्त देशसँग युद्ध भए सरह मानिने बताएको बीबीसीले जनाएको छ । बिबिसीको सहयोगमा

 

फेसबुकबाट तपाईको प्रतिक्रिया