डा केसीका मागबारे संसद्मा छलफल थाल्न आह्वान

काठमाडौँ ६साउन-

स्वास्थ्य शिक्षाको क्षेत्रमा सुधारको माग राखेर यही असार २६ गतेदेखि आमरण अनशनमा बस्दै आउनुभएका डा गोविन्द केसीका मागलाई संसद्मा प्रवेश गराएर छलफल थाल्न मानवअधिकार तथा शान्ति समाजले आह्वान गरेको छ ।

“अनशनको १२ दिन बित्न लाग्दा पनि संसद्मा यो विषयले प्रवेश नपाउनु खेदजनक छ भने प्रमुख राजनीतिक दलका शीर्ष नेताको नियतबारे नेपाली समाजमा नकारात्मक टिप्पणी बढ्न थालेको छ”– मानवअधिकार तथा शान्ति समाजका सभापति गङ्गाधर अधिकारीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । समाजले डा केसीले उठाएका मागलाई लोकतान्त्रिक र विधिसम्मत ढङ्गबाट सम्बोधन गर्न समेत आग्रह गरेको छ । रासस

 

फेसबुकबाट तपाईको प्रतिक्रिया