डा. गोविन्द केसीको समर्थकमा अख्तियार अगाडि प्रदर्शन

काठमाडौं–१० श्रावण

विभिन्न ४ बुदे माग सहित अनसन बसेका  डा. गोविन्द कोसीको समर्थकहरुले आज विहानै अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि प्रदर्शन गरेका छन्। अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध आयोग कार्यालय अगाडि प्रदर्शन गरिएको हो। प्रदर्शनमो केसीका समर्थकसहित आइओएमका विद्यार्थीकोसमेत सहभागीता रहेको छ।

अख्तियारले अनावश्यक रुपमा मेडिकल शिक्षा क्षेत्रमा हस्तक्षेप गरेको, डा. केसीलाई पागल भनेको विरोधमा उनीहरुले  प्रदर्शन गरेका हुन्।  प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया