डिपोभरी चामल भएर पनि कर्णालीवासी भोकभोकै, सरकार लाचार
काठमाडौं–८ असार
भोकमरीले कर्णालीबासी चामल नपाएर भोकभोकै हुने अवस्थमा पुगेका छन् । तर त्यो क्षेत्रमा पुगेका चामल भने खाद्य संस्थानको डिपोमा थन्किएर बसेको छ । कर्णाली अञ्चलका मुगु , कालिकोट, र हुम्लाका साथै अर्को छिमेकी जिल्ला बाजुराको जिल्ला बिकास समितीले चामल वितरणबारे कार्ययोजना नबनाउदाँ त्यो क्षेत्रका जनताका लागि छुट्टाएको चामल खाद्य गोदाममै थन्किएको हो । चामल संस्थाको डिपोभरी भए पनि वितरण नभएपछि स्थानिय जन प्रतिनिधीहरु समेत रुष्ट बनेका छन् । नेपाल खाद्य संस्थानका प्रवक्ता पवनकुमार कार्कीले भोकमरीबाट प्रभावित जनताका लागि पठाएको ४ हजार क्विन्टल चामल सम्बन्धित जिल्ला विकास समितिहरुले वितरण कार्ययोजना नबनाउँदा वितरण गर्न नसकिएको बताए । आजको राजधानी दैनिकमा खबर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया