तीनवटै चुनाव कांग्रेसले जित्नैपर्छ : सभापति देउवा
पोखरा २७ कात्तिक, ।
कांग्रेस सभापति शेरबहादुर देउवाले तीन वटै चुनाव कांग्रेसले जित्नु पर्ने भन्दै गाउँ पस्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।शनिबारबाट पोखरामा सुरु भएको नेपाल तरुण दलको अधिवेशन उद्घाटन गर्दै देउवाले सो बताएका हुन् । देउबाले भने-‘जनतालाई भ्रम फैलाउने काम एमालेले गरेको छ, कुनैपनि हालतमा हामीले तीनैवटा निकायको चुनाव जित्नैपर्छ, कांग्रेसको यो अन्तिम मौका हो ।’
तरुण दल र नेविसंघ सबैभन्दा गतिशील शक्ति भएको भन्द्यै उनले अब जिल्ला दौडाहामा लाग्न निर्देशन समेत दिए । तरुण दलको नेतृत्व सर्वसम्मत बनाउन पनि देउबाले भनेका छन् । सन्तुलित ढंगले सबैलाई समेटेर नयाँ कार्यसमिति चयन गर्न उनले सुझाव दिए । तरुण दलमा महत्वपूर्ण भूमिका खेलेका युवाहरुलाई कांग्रेसले उचित जिम्मेवारी दिने देउवाले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया