तीन उद्योगका औषधि बिक्रीमा रोक

काठमाडौं २३ माघ २०८१ । नेपाली उद्योगले उत्पादन गरेका विभिन्न ब्याचका औषधिमा न्यून गुणस्तरको देखिएपछि औषधि व्यवस्था विभागले तीन उद्योगका औषधि बिक्रीमा रोक लगाएको छ ।


काभ्रेको बनेपास्थित क्युरेक्स फार्मास्युटिकल्स्बाट उत्पादित ’क्याल्बोन’ नामक क्याल्सियम र भिटामिन डी थ्री मिश्रित ५०० एमजीको ट्याब्लेटका धेरै ब्याचमा समस्या देखिएको र ब्याच नम्बर ’टीसीएल २०३’ देखि ’टीसीएल ३४१’ सम्मका ट्याब्लेट तोकिएको स्तरबमोजिम नभएको विभागले जनाएको छ ।


राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाइएपछि विभागले सोही कम्पनीको ब्याच नम्बर ’टीसीएल–२२९’ लाई माघ पहिलो साता बिक्रीमा रोक लगाएको थियो । विभागले बाराको एभरेस्ट प्यारेन्टेरल्सले उत्पादन गरेको ’इभासिप’ नामक आँखाको औषधि (आई ड्रप्स)को ब्याच नम्बर ’ईसीई १४०’ पनि बिक्रीमा रोक लगाएको छ । विभागले न्यून गुणस्तरका ब्याचका औषधि बिक्री–वितरण नगर्न तथा बजारबाट फिर्ता ल्याउन उत्पादक कम्पनीहरूलाई निर्देशन दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया