तेजाबले हानेर श्रीमती गम्भीर घाइते

काठमाडौँ २१ असार
राजबिराज -सप्तरीको बेल्ही चपेना–७ का अमल रामले आफ्नै श्रीमतीलार्इ तेजाबले हानेर गम्भीर घाइते बनाएका छन्।४० वर्षीय रामले आफ्नै श्रीमती वेतनीदेवी रामको अनुहारमा तेजाब छर्केर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।
तेजाब प्रहारबाट गम्भीर घाइते वेतनीको उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। कुन कारणले तेजाब हानेको भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ।
यता तेजाब प्रहार गर्ने अमललाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया