त्यो काम बाबुराम, प्रचण्ड र ओलीहरुले अन्न खाएर गरेका होइनन् ।
डा.प्रेमसिंह बस्न्यात
पुर्व जनरल, नेपाली सेना एवं सुरक्षा मामला बिज्ञ
१) तपाई सक्रिय जिवनमा नेपाली सेनाको जनरल भएर रिर्टायड भइसकेपछि सुरक्षा नीति, वैदेशिक नीति र अन्र्तराष्ट्रिय सम्बन्धको विषयमा आफ्नो प्रखर अभिब्यक्ति राख्दै आउनु भएको छ । यहाँ एउटा प्रखर बक्क्ता पनि हुनुहुन्छ । कस्तो देखिरहनु भएको छ देशको सुरक्षा स्थीति ?
उभो लागेको म देख्दिन । झन् झन् खतराहरु थप्पिइरहेका छन् । देशको सुरक्षा चुनौती भन्नाले बन्दुक र गोली बोक्ने प्रहरी, आर्मीसँग मात्र सम्बन्धित होइन । यो समाज, धर्म, सस्कृति, शिक्षा, व्यापार र अल्टिमेट्ली सुरक्षा अंगहरुले गर्ने सुरक्षा पर्छ । सबैभन्दा चुनौती आर्थिक सुरक्षामा छ । नेपालमा नीतिवश गरिने भष्टाचारहरु र पेलेर गरिने भष्टाचारले देश बर्बाद पारिरहेको छ । यो भित्र प्रधानमन्त्री भन्दा मन्त्री के कम, मन्त्री भन्दा मुख्य सचिव के कम, मुख्यसचिव भन्दा सचिव के कम हुँदाहुदै खरिदार, सुब्बा, पियन लगायत बन्दुक बोक्ने सुरक्षा अंगले समेत यो सिको गरिरहेको छ । त्योभन्दा पनि सबैभन्दा दुखद कुरा नेपालका अदालतहरु समेत खतम भएका छन् । यो देखासिखीका कारण । उसको भन्दा उसको घर ठुलो हुनुपर्ने, त्यसको भन्दा अर्कोको ठुलो हुनुपर्ने, हुन्डीबाट धेरै अष्टेलिया, बेलायत, अमेरिका पैसा पठाउनु पर्ने । यस्तो किसिमको अस्वथ्य प्रतिस्पर्धा भएकाले गर्दाखेरी देश धेरै असुरक्षित भएको छ । विभिन्न किसिमले असुरक्षित भएको छ । एउटा मेडिकलको कुरा गर्नुहुन्छ भने त्यहाँ विचौलिया हुन्छ । एउटा गाउँको मान्छे वीर हस्पिटल आयो भने त्यसलाई सिधै विचौलियाले महंगो हस्पिटल पु¥याइदिन्छ । एउटा दुइ रुपैँया पर्ने सागलाई विचौलियाले २० रुपैयासम्म पु¥याइदिन्छ । त्यसकारण हेर्नुस हरेक कुराहरु विचौलियको प्रभावमा छ । आर्थिक मात्र होइन् सबै कारणहरुले गर्दा अल्टिमेट्ली नेपालका बन्दुक बोक्ने सुरक्षा अंग लगायत सबै मैले देखेका, मैले जागिर खाएको मिड करियर बीच बीचमा देखेको सुरक्षा जो छ । अहिले त्यो सुरक्षा कार्यान्वयन गर्न काम गर्ने र आदेश दिने पक्षमा ८० प्रतिशत ह«ास भएको छ । मेरो कार्यकालसँग तुलना गर्दा ।
२) हाम्रो सरोकार के हो भने तपाइ सुरक्षावीद पनि हुनुहुन्छ । अहिले राष्ट्रियतामाथी बहुत ठुलो खतरा छ । खासगरी तराई क्षेत्रमा विखण्डनकारीहरुले गोबन साँपले फडा फिजाए झै आफनो कुन्सित मनशायको फडा फिजाइरहेका छन् । जस्तो सिके राउतको पनि थ्रेट छ । यस्तोमा खासगरी नेपाली सेना र सुरक्षा अंगहरु के हेरिरहेको छ ?
हेर्नुस् । यसमा दुइ ओटा पाटो छन् । संघीयताले नै एउटा राष्टिय विखण्डनको ढोका खुलेको देख्छु । खासगरी २ नं प्रदेशमा त्यतिखेरको भारतलाई खुशी पार्न र अहिलेका केही मन्त्री सासंद जितेर आएका नव प्रवेशी इन्डियनहरु जुन चाँही अहिले सासद पनि भएका छन् । दुइ चार जना है । सबै तराईबासी दाजुभाइलाई भन्दिन । जुन इन्डियाले सिस्टमेटिकल्ली नेपालमा नागरिक बनाएर पठाएर एक मधेश एक प्रदेश, स्वतन्त्र मधेश भन्ने जुन नारा लगाएर उनीहरुले जिते । २ नम्बर प्रदेशलाई त्यसरी छुटाउन त्यतिखेर बाबुराम भटराई, प्रचण्ड, केपी शर्मा ओलीहरुले अर्को शब्दमा भन्दाखेरी अन्न खाएर त्यो काम गरेका होइनन् । अरु नै चिज खाएर गरेका हुन् । त्यसमा पहाड अन्य सबै मिसाउनु पथ्र्यो । यो नै एउटा पहिरो लाग्न सुरुवात थियो । यसरी यो संघीयता नै हामीलाई घाँटी थिच्ने, रेट्ने हुनेछ । अर्को जनजाती यतिधेरै भएको ठाउँमा जुन अहिले प्रदेश बनाइएको छ । अहिले भट्टाभटी गएर विदेशी राजदुतहरुले प्रदेश मुख्मन्त्रीलाई भेट्न थालेका समाचार आइरहेका छन् । यो असाध्यै असुचक हो । भोली गएर हेर्नुस केन्द्रिकृत सरकार हुँदा त बेलायतको विदेशमन्त्री नेपालमा सिधै आएर एयरपोर्टबाट सिधै पाँचथर फिदिम पुगेर यो लिम्बुवान राज्य हुनुपर्छ भनेर भाषण गरे । भन्दाखेरी यस्तो त अब कति हुन्छ, कति हेर्नुस । पैसाको लागि हुन्छ । यो स्थीति नेपालका सेना, प्रहरीले रोक्न, छेक्न सक्नुपथ्र्यो । यो संविधान जारी हुनु अघि यो–यो कारणले गर्दा यो चीजहरु केही बर्ष कुरौ । पहिला प्रजातन्त्रलाई स्थायीत्व दिऔं । त्यसपछि संघीयतामा जाऔं भनेर सेना, प्रहरीले भन्न सक्नुपथ्र्यो । तर यीनिहरु बेलेनन् । मैले सुने अनुसार सबैभन्दा पहिला जान तम्तयार को रे भन्दा सेना प्रहरी । यीनिहरुलाई पद चाहिने, पद बढ्ने भो । भनेपछि जब यिनीहरु गइसकेपछि यिनीहरुको सामथ्र्य भन्दा बाहिर गयो । खैर, यिनीहरले बोल्ने, बक्क्तब्य दिनेमा मैले देख्छु पत्रपत्रिकामा आएको । अब त्यो बक्क्तब्यबाजीले नेपालको सुरक्षा अंगले यो रोक्न सक्ने छैन ।
३) जस्तो यहाँले पूर्ववर्ती शेरबहादुर देउवाको गठबन्धन सरकारको राष्टघाती कर्नर र भष्टाचारको दोहोलो काड्नु भएको छ । तुलनात्मक रुपमा केपी ओलीको ९ महिने सरकारमा भएका कामहरुको बारेमा यहाँले रचनात्मक किसिमको ब्याख्या गर्नु भएको थियो । तपाइलाई ओली नेत्रित्वको बाम सरकारले केही गर्छ भन्ने आशा भएर हो ?
केपी शर्मा ओलीले चुनाबमा जानु भन्दा अघि र माओवादीसँग समायोजन हुनु भन्दा अघिको प्रश्न हो यो । केपी शर्मा ओलीबाट मैले जो आशा गरेको थिएँ । अब उहाँसँग पनि मलाई आशा छैन । करिव ७० प्रतिशत आशा उहाँसग पनि मेरो गुम्यो । २०–३० प्रतिशत उहाँले पुरा गर्नुभयो भने ठुलो हुनेछ । थुप्रै हडल्सहरु उहाँलाई आउँदैछ । किनभने आजमात्रै मैले हेरेँ मधेशबादी पार्टी उपेन्द्र यादबजीको पार्टी लगायतलाई सरकारमा ल्याउँदै हुनुहुन्छ उहाँ । ल्याउनु त राम्रो कुरा हो । अब उहाँलाई त्यो संविधान संशोधनको किचलो सबैभन्दा ठुलो खिल हुन्छ त्यो । अर्को प्रचण्डजीको व्यवस्थापन नै ओलीको लागि सबैभन्दा ठुलो चुनौती हो । त्यसले उहाँलाई दिनरात निद्रा लाग्ने छैन । माओवादीसँगको सहकार्य र मधेशवादीहरु जस्तो राजपा लगायतका पार्टीलाई उहाँले कसरी व्यवस्थापन गर्नुहुन्छ । ती कुराहरु र पछिल्लो समयमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भिजिट पछीको कुराहरुमा ओलीजी अलिकति गल्नु भएको छ । मेरो अपेक्षा चाँही सबैभन्दा ठुलो माटोको सुरक्षाका लागि हामीले दक्षिण लगायत उत्तर राष्टसँग हामीले सम्बन्ध जोड्नै पर्छ । भोली नेपाल जोगाउनका लागि पनि भारत र चीनसँगको सम्बन्ध ६०–४० को हुनैपर्छ । हामी भारत पट्टी मात्रै लाग्यौ भनेदेखि जसरी एउटा स्यालले भैसीको चाक कन्याएर मुटु निकालेर मारिदिन्छ । भारतको मात्रै विश्वास हामी ग¥यौ भने त्यस्तै हुन्छौ । तर, यसको लागि चीन चाहिन्छ चाहिन्छ । इतिहासले त्यो पुष्टी गरिसकेको छ । मेरो हिसावमा ओलीले थुप्रै बाटा घाटा उत्तरतिर खोलि दिनुहुनेछ, रेल ल्याइ दिनुहुनेछ, ग्यास ल्याइदिनु हुनेछ, व्यापार आउला, दुनियाँ आउला भन्ने अपेक्षा थिए । जव उहाँ अस्ति गल्नु भयो । मेरो हिसाव किताबले सुष्मा स्वोराजलाई उहाँहरुले बोलाउनु भएको हो । यो गोप्य कुरा बाहिर आइसकेको छ । मलाई कता कता शंका छ, उहाँले भारतसँग ब्यालेन्स मिलाएर गर्छु भन्नुको मतलब चुनाव भन्दा अघिको स्प्रीडमा उहाँ जानुहोला जस्तो लाग्दैन । त्यसको मतलव मैले भारतको विरोध गर्नुस् भनेको होइन ।
४) अन्त्यमा, यहाँले एउटा लामो सैन्य जिवन ब्यतित गर्नुभयो । यहाँलाई प्रधानसेनापतीको भुमिकामा पनि जनताले देख्न चाहेका थिए । तर अब युवा उमेरमै जनरलबाट रिटार्यड हुनु भयो । यदी राज्यले तपाइ जस्तो एउटा परम देशभक्क्तलाई क्षमता र प्रतिभा अनुसार कुनै जिम्मेवारी दियो भने बहन गर्न तयार हुनुहुन्छ ?
हेर्नुस् गौतमजी । म त अहिले पनि बहालवाला सिपाइ हूँ । मलाई यति मात्रै पीर छ देशको यो माटो जस्ताको तस्तै रहिदिओस् । विखण्डनकारीहरुले यहाँ आँखा लगाउन नसकुन् । भन्दाखेरी यसको लागि फष्ट लेयरमा सुरक्षा दिने कसले भन्दा सेना प्रहरीले । सेना प्रहरी अहिले भुत्ते भए । राजा गइसकेपछि यो संस्थालाई साँध लगाउने कोही भएनन् । राष्ट्रपती छन् त्यो राष्ट्रपती केही गर्न नसक्ने । प्रधानमन्त्रीले केही गर्न सकेनन् । झन् कटवाल प्रकरण पछि सेना बार हात परै राख्नुपर्छ । छुनै नहुने भनेर सेनासँग त्राहीमाम भए यीनिहरु । मलाई जिम्मेवारी दिने हो भने सबैभन्दा पहिले म एउटा सुरक्षा अंगहरु सबै है प्याकेजमा सुधार गर्नका लागि योजना ल्याउन सक्छु । किनभन्दाखेरी यो पढेर मात्र हुदैन । सेना प्रहरीमा पनि गर्ने भन्दा खाली पढेर विदेशका कुरा गर्ने, अमेरिका देख्ने, खाली काजु खाएर बस्नेहरुले नेत्रित्व लिएर जमिनी धरातलमा सुरक्षा अंग बनाएको जस्तो लागेन । यो पक्षमा म सुधार गर्ने आँट र क्षमता दुबै राख्छु ।
प्रस्तुती : रिसव गौतम
प्रकाशित मिति २०७४-११-१३
फेसबुकबाट तपाईको प्रतिक्रिया