थेग्नै नसक्ने महँगी

काठमाडौं २६ जेस्ठ 

आगामी आर्थिक वर्षका लागि घोषणा भएको बजेटसँगै सर्वसाधारणको भान्सा धान्नै नसक्ने गरी महँगिएको छ ।  व्यापारीले उपभोक्ताको ढाडै सेक्ने गरी खाद्यान्न, खानेतेल, तरकारी, माछामासुलगायतको मूल्य आफूखुसी मूल्यवृद्वि गरेका छन् ।  व्यापारीले मौकाको फाइदा उठाउँदै १५ दिनको अवधिमा हरेक खाद्यवस्तुको मूल्यमा न्यनूतम पाँच रुपैयाँदेखि ५० रुपैयाँसम्म वृद्वि गरेका छन् । नाकाबन्दीको समयमा आपूर्तिको अभावमा आकासिएको बजार भाउ श्रमिकरुपमा सुधार आउँदै गरे पनि पछिल्लो समयमा मूल्यवृद्वि पुनः आकासिन थालेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया