दक्षिण बाराही मन्दिर पुनःनिर्माणमा एक करोड विनियोजन

काठमाडौँ ४ मंसिर

भक्तपुर-गत वर्षको भूकम्पले भत्किएको अनन्तलिङ्गेश्वर नगरपालिका–९ स्थित दक्षिण बाराही मन्दिर पुनःनिर्माण हुने भएको छ।

मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागबाट बहुवार्षिक योजना अन्तर्गत रु एक करोड विनियोजन गरिएपछि मन्दिर पुनःनिर्माण चाँडै सुरु हुने पुरातत्व विभाग, राष्ट्रिय कला सङ्ग्रहालयका प्रमुख सरस्वती सिंहले जानकारी दिइन्। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया