दक्षिण र पूर्वी चीन सागरमा रडाको, चीनको रक्षा बजेट बढ्यो

बेइजिङ: २१ फागुन
चीनले आफ्नो रक्षा बजेट बढाउने घोषणा गरेको छ। चिनियाँ संसद द नेशनल पिपुल्स कांग्रेस (एनपीसी) की प्रवक्ता फू यिङ्गले रक्षा खर्चमा भारी वृद्धि गरिने घोषणा गरेकी हुन् ।
उनले बताए अनुसार आफ्नो रक्षा बजेट देशको जम्मा घरेलू उत्पादनको केलब १.३ प्रतिशत मात्रै हो ।
चिनिया संसदकी प्रवक्ता फुले भनिन्, ‘हामी विवादलाई वार्ता र सल्लाहमार्फत शान्तिपूर्ण ढ़ंगबाट समाधान गर्न चहान्छौँ । तर यसका साथै आफ्नो सम्प्रभुता, हित र अधिकारको रक्षामा समर्थ बनिरहन पनि जरुरी छ।’
दक्षिण चीन सागर र पूर्वी चीन सागरमा चीनले दाबी गरिरहँदा त्यस क्षेत्रमा धेरै चिन्ता र तनावको माहोल छ । अघिल्लो वर्ष चीनले आफ्नो रक्षा खर्च ७.६ प्रतिशत वृद्धि गरेको थियो ।
चीनले आफ्नो रक्षा बजेटमा वृद्धि अमेरिकाले रक्षा बजेटमा भारी वृद्धि गरेलगत्तै गरेको हो । अमेरिकाको ट्रम्प प्रशासनले देशको सैन्य खर्च १० प्रतिशतसम्म बढाउने बताएको थियो । चीनको रक्षा बजेट धेरै प्रतिशत नौसेनाको विकासमा खर्च गरिने अनुमान गरिएको छ ।
यसअघि चीनको सेना मामिलाका जानकार जानकार चू यिनले अघिल्लो साता ग्लोबल टाइम्समा एक आलेखमा भनेका थिए’, देशको सैन्य खर्च खास गरी नौसेनाका लागि बढाइएको हो । विदेशमा तीब्र गतिमा बढिरहेको सम्बन्धको रक्षाका लागि पनि बजेट बढेको छ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया