दिल्लीबाट पोखरा वस सेवा सुरु

बिजनेसपाटी   ४, श्रावण

केही अघि पोखराबाट सुरु  गरिएको वस सेवाको औपचारिक सुरुवात आज दिल्लीबाट पनि गरिएको छ । अब  हरेक  दिन ४० सिट क्षमताको बस दिल्लीवाट पोखराको लागि छुटने छ ।

बस सेवा औपचारिक शुरुवात गर्न आयोजित कार्यक्रममा नेपाली राजदुतावासका कार्यवाहक राजदुत कृष्णप्रसाद ढकालले वस सेवाले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने बताए । आजै एक समारोहका विच दिल्लीबाट पोखराको लागि एउटा बस छुटेको छ ।

कार्यक्रममा बोल्दै उत्तर प्रदेश परिवहन निगमका प्रवन्ध निर्देशक आशील गोयल यससंगै नेपालका अन्य १३ वटा शहरहरुमा वस सेवाको संचालन गर्न लागिएको जानकारी दिएका थिए । सहमति अनुसार मोर्डन उत्तर प्रदेश परिवहन निगम र सो ट्राभल एजेन्सीले दैनिक रुपमा एक एक वटा बस संचालन गर्ने छन् । यस अगाडि पोखराबाट गृहमन्त्री शक्ति वस्नेत र नेपालका राजदुत रन्जित रे पोखराबाट सो वससेवाको सुरुवाता गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया