दुई कृति सहित साहित्यिक भित्तेपात्रो सार्वजनिक

-जयराम बिडारी

काठमाडौं २८, फागुन २०८०

काव्य घर नेपाल मिडिया प्रा.लि.को पेरोल काव्य घर नेपाल साहित्य विभागद्धारा आयोजना गरिएको एक भव्य कार्यक्रमका बीच साहित्यकार अधिकारी विमलाको ‘बाल बगैँचा’ कविता सङ्ग्रह तथा अर्का साहित्यकार बसन्तकुमार बस्नेतको‘बसन्तका कविताहरु’ कविता सङ्ग्रह सार्वजनिक गरिएको छ ।

बागबजार स्थित होटल हार्दिकमा आयोजित उक्त कार्यक्रममा काव्यघर नेपाल मिडियाका अध्यक्ष राजकुमार खड्गाको सभापतित्व तथा भ्रष्टाचार बिरोधी अभियानका अभियन्ता तथा कालो सूर्य उपन्यासका लेखक बरिष्ठ साहित्यकार भरत जङ्गमको प्रमुख आतिथ्य तथा बिशिष्ट अतिथि प्रा.डा.गोविन्द गुरागाई, प्रा.डा.रमेश शुभेच्छु, हिमलाल अधिकारी, बाल साहित्य लेखनका क्षेत्रमा चर्चित साहित्यकारहरु गङ्गा कर्माचार्य पौडेल,तथा ललिता ‘दोषी’,बरिष्ठ पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहाल, अनेसास नेपाल च्याप्टरकी वरिष्ठ उपाध्यक्ष मन्जिला अनिल,देवी अधिकारी,दिपेन्द्रनाथ शर्मा,अम्बिका नरेन्द्र रेग्मी , घमप्रसाद अधिकारी लगायत सयौंका संख्यामा उपस्थित साहित्यानुरागीको समुपस्थितिमा उक्त दुई कृतिहरू तथा साहित्यिक भित्ते पात्रो २०८१ सार्वजनिक गरिएको हो । राष्ट्रिय गानबाट शुरु गरिएको उक्र कार्यक्रमा अधिकारी विमलाका नाति नातिनी युभान र आभ्यानाको प्रस्तुति रहेको थियो ।

प्रमुख अतिथिको मन्तव्यका क्रममा भरत जङ्गमले आफूले कालो सूर्य प्रकाशनका समयमा खानु परेको गोताको स्मरण गर्दै र्सिजनात्मक कर्म शारीरिक मानसिक सबलताको रुपमा प्रस्तुत हुने बताए । उनले शारीरिक अशक्तताका बावजुद वसन्तकुमार बस्नेतद्वारा शृजित गरिएका कृति ‘वसन्तका कविताहरु’ चोटिलो रहेको बताउंदै अधिकारी बिमलाको कृति समेत उच्चकोटीको रहेकोले लेखनलाई निरन्तरता दिई साहित्य सेवाका लागि आग्रह गरे ।

कार्यक्रममा गङ्गा कर्माचार्य पौडेल ‘बाल बगैँचा’कृतिमाथि तथा डां.रमेश शुभेच्छुले ‘वशन्तका कविताहरू’ कृतिमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । अरुणबहादुर खत्री ‘नदी’ द्धारा स्रष्टा अधिकारी विमलाका गजलहरूमाथि समीक्षा गरिएको थियो । साहित्यकार शर्मा ललिता द्धारा साहित्यिक भित्तेपात्रो –२०८१ को समीक्षा गरिएको थियो । सो अवसरमा बरिष्ठ पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहाल,देवी अधिकारी तथा प्रा.डा.गोविन्द गुरागाईले कृति सफलताको शुभकामना ब्यक्त गरेका थिए । लेखकीय मन्तव्यका क्रममा अधिकारी विमलाले आफ्नो र्सिजनात्मक कर्मको लामै फेहरिस्त भएता पनि पुस्तकाकारका रुपमा भर्खरै मात्र आएकोले प्राप्त हुने समुचित पाठक प्रतिक्रियाका आधारमा आगामी लेखन कर्ममा परिष्कृत गर्दै लैजाने बिचार ब्यक्त गरेकी छन् ।

सो अवसरमा कार्यक्रमका सभापति राजकुमार खड्काले स्रष्टाहरु साहित्य सृजनामा सम्वेदनशील हुनुपर्ने बताउँदै काव्य घर नेपाल साहित्यकारहरुका लागि साझा चौतारी रहेकोले समग्रमा स्रष्टाहरूको कृतिको उचित संरक्षण,जगेर्ना, र समान वितरणको व्यवस्थापनका लागि गरिएको विश्वासलाई अक्षुण्य राख्न भूमिका खेल्ने बिचार ब्यक्त गरे ।

बाल साहित्यकार ललिता दोषीद्धारा स्वागत मन्तव्य राखिएको उक्त कार्यक्रममा जयराम बिडारीद्धारा धन्यवाद ज्ञापन गरिएको थियो । कार्यक्रममा चर्चित साहित्यकारहरू लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा,नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ चेतनाथ धमला, टपटेन खवरका सम्पादक नन्दलाल खरेल, थिमी टाइम्सका दीपक श्रेष्ठ, बिजनेस पाटी डटकम सम्पादक रिसव गौतमका साथै चर्चित साहित्यकारहरु दिव्य गिरी, माधव घिमिरे ‘अटल’ सुभाषचन्द्र पौडेल‘भीमफेदीया’ दीपक भेटुवाल राज रजक, रश्मी रिजाल, रूवि सत्याल, इन्दिरा ढकाल, सुमन पुडासैनी ‘मित्र’ हिमलाल अधिकारी, समिर गौतम, दिपेन्द्रनाथ शर्मा,अम्बिका रेग्मी , नरेन्द्र रेग्मी , प्रतिमा बोहोरा, घमप्रसाद अधिकारी,प्रल्हद बस्नेत, रघुनाथ बस्नेत, विश्व बस्नते, संगीता बस्नेत, सावित्री बस्नेतलगायत सयौंको संख्यामा उपस्थिति रहेको थियो।

उक्त अवसरमा अतिथि मन्जिला अनिलले विमोचित कृति बाल बगैचाबाट ‘शान्ता गुरुमा’ नामक रचना बाचन गरेकी थिइन् भने अर्की साहित्यकार इन्दु पन्तले उक्त अवसरमा साहित्यिक भित्तेपात्रोबाट आफ्नो रचना बाचन गरिएको थियो । नेपाल बोर्डर टेलिभिजनको अध्यक्ष,पेरोल काव्य घर नेपाल साहित्य विभाग प्रमुख तथा काव्य घर नेपाल मिडिया प्रा.लि की महासचिव रेणुका भट्टराईद्धारा सञ्चालन गरिएको कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया