दुई सिफ्टको अपरेशन सेवा दिँदै वीर अस्पताल

काठमाडौं, फागुन २६ । देशकै पुरानो सरकारी अस्पताल वीर अस्पतालले बढिरहेको विरामीको चापलाई मध्यनजर गर्दै सेवा बढाएको छ । अब अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा शुरु भएको छ । अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेशन सेवा दुई सिफ्टमा सुचारु गरेको छ । अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले विरामीको चाप बढेसँगै थप सुविधा होस् भन्ने हेतुले केही सेवाहरुमा दुवै सिफ्टमा अपरेशन आरम्भ गरिएको बताउनु भयो ।

अस्पतालमा एक सिफ्टमा मात्र अपरेशन सेवा उपलब्ध हुँदा विरामीले अप्रेशनको पालो निकै समय कुर्नु पर्ने भएकोले यसलाई दुई सिफ्ट गरिएको हो । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै संघीय अस्पताललाई दुवै सिफ्टमा ओपीडी सेवा आरम्भ गर्न निर्देशन दिएका थिए । सोहीअनुसार कार्ययोजना बनाएर अहिलेको सेवा आरम्भ गरिएको बीस अस्पतालले जनाएको छ । वीरले यसअघि नै ओपीडी र सार्वजनिक बिदामा सेवा दिंदै आएको छ ।

डा. गौतम निमित्त निर्देशक भए लगत्तै दुई सिफ्टको अप्रेशन सेवा सुचारु गरिएको हो । उनले भने “अहिले बढी बिरामीको चाप भएका केही सेवा दुवै सिफ्टमा शुरु भएका छन्, विस्तारै बाँकी अरु सेवालाई पनि दुई सिफ्टमा लैजाने योजना छ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया