दुरसंचार प्राधिकरण नै रित्तिने गरी भएभरका कर्मचारीविरुद्ध भष्टाचारको मुद्धा

BusinessPati बिजनेस पाटी
|
२०८० चैत्र १५
|
867 views

ललितपुर - काठमाडौं १५ चैत्र २०८०।

अख्तियारले नेपाल दूरसंचार प्राधिकराण्का २० जना विरुद्ध विदेश अदालतमा मुद्धा दायर गरेको छ । मोबाइल डिभाईस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले अदालतमा मुद्धा दायर गरेको हो ।
अख्तियारले दायर गरेको आरोपपत्रमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम प्रसाद खनाल, पूर्व बरिष्ठ निर्देशक आनन्द राज खनाल, उपनिर्देशक मिन प्रसाद अर्याल, सहायक निर्देशक÷उपनिर्देशक विनोद चन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक उपनिर्देशक रेवती राम पन्थ, सहायक निर्देशकरउपनिर्देशक संदिप अधिकारी, सहायक निर्देशकरउपनिर्देशक सूर्य प्रसाद लामिछाने, उपनिर्देशक अच्युता नन्द मिश्र, सहायक निर्देशक विजय कुमार राय यादव, सहायक निर्देशक प्रतिक्षा पौडेल, सहायक निर्देशक निराजन कोइरालाको नाम समावेश छ । यस्तै अन्य अभियुक्तमा एमडीएमएस प्रणाली आपुर्ति गर्ने कम्पनीका चिफदेखि अपरेशन म्यानेजरसम्म छन् ।

      उनीहरुले एमडीएमएस प्रणालीको खरिदमा गैरकानुनी लाभहानी पुर्याउने बदनियतसहित भ्रष्टाचार गरेको आरोप अख्तियारको छ ।

      उनीहरूविरूद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गरिएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube