दुर्गम राकाथुमका दुखीहरुको सेवामा मन रमाउँछ– समाजसेवी श्रेष्ठ

उद्धबलाल श्रेष्ठ,
समाजसेवी ( रोमछाप–राकाथुम )

१) तपाइ समाजसेवी मान्छे, अचेल तपाइको समाजिक गतिविधि कसरी अघि बढदैछन ?
मैले हालका बर्षहरुमा खासगरी रामेछाप क्षेत्र नं २ को लागि काम गर्दै आएको छु । समाजसेवी काममा म आफै र स्थानिय भाइ बहिनीहरुको सहभागितामा काम गर्दैछु । नेपाल सरकारसँग कहिल्यै कुनै आशा राखेको छैन । किनकी आजसम्मका सरकारहरुमा त्यो नैतिकता देखिएन । खासगरी रामेछापकोे राकाथुम मुलुककै अत्यन्त दुर्गम मध्येमा पर्छ । त्यही हो मेरो सानो गाउँ । गाँउकै दुखियाहरुको सेवामा म लागिरहेको छु । u3
गतिविधि भन्दाखेरी अहिले हामीले राकाथुममा हस्पिटल बनाइरहेका छौ । सिडीएस नामक रामेछाप मन्थलीको एक संस्थाबाट १४ लाख २ हजार, जिविस रामेछापबाट ३ लाख ५ हजार, रामेछापको एमाले संसद विकास कोष–कमला सुवेदीबाट १ लाख ५० हजार, माओवादी केन्द्र संसद विकास कोष–श्याम कुमार श्रेष्ठबाट १ लाख र काँग्रेस संसद विकास कोष–शिव व खडकाबाट १ लाख र पब्लिकबाट ६–७ लाख रकम संकलनबाट यो हस्पिटल निर्माणाधिन छ । हामीले ३ साल अघि त्यसैगरी आफनै पहलमा आरसीसी भवनको स्कुल बनाइ सकेका छौ । गाँउको बाटोघाटो र खानेपानीको काम हामीले आफनै पहलमा केही साल अघि बनाएका थियौ । खासगरी यी सबैजसो सामाजिक कार्यमा हाम्रो प्रगतीशील युवा समाज नामको स्थानिय संस्था मार्फत गर्दै आएका छौ । जुन धेरै पहिले खोलिएको हो । म त्यसको सल्लाहकार छु । र, स्थानिय भाइहरुले त्यसलाई हाँक्ने काम गर्दै आएका छन ।scoo
निर्माणाधिन हस्पिटल चाँही हामीले गत चैत्र ५ गतेबाट बनाउन थालेका हौं । जुन अव निर्माण सम्पन्न हुने तरखरमा छ । यसरी मसँग गाउँका ८०–९० जना युवा भाइहरु छन । मैले उनीहरुलाई १३ बर्षको आफनो सामाजिक सेवाको दौरानमा आफुजस्तै समाजसेवी बनाएको छु । प्रगतीशिल युवा समाज नामक स्थानिय संस्थामा उनीहरु गोलबन्द छन । अव त उनीहरुले नै धेरै गर्न सक्छन । उनीहरुलाई आफुले मात्र कमाएर हुदैन गाउँ र समाज अनि दुखी गरिवको पनि पिडामा मल्हम लगाउनुपर्छ भन्ने भावना मैले विकास गराएको छु । फलत रामेछापको दुर्गम क्षेत्र राकाथुमले नयाँ पहिचान पाएको छ । नमुना भिलेजको रुपमा अघाडी बढेको छ ।

२) अहिले आएर तपाई राजनीतिमा पनि प्रवेश गर्नु भएको छ, राजनीतिमा चाँही किन लागेको ?
राजनीति वेगर पनि समाजसेवा गर्न नसकिने रहेछ । समाजसेवा सधै आफैले मात्र दिइरहने, गरिरहने गरेर हुदैन । हाम्रो मुलुक त खासगरी राजनीतिक दलहरुका खम्बाले विगारेका हुन । तर जनताले बुझेनन् । असल नेता छान्नु पथ्र्यो, सही भिजन छान्नु पथ्र्यो, छानेनन् । म देशभक्त पर्यावरणीय सामाजिक मोर्चामा आबद्ध छु । त्यो पार्टी र विचार नेपालका अन्य पार्टीहरु भन्दा नितान्त फरक र राष्टवादी छ । यस पार्टीले महिला, बालबालिका, गरिव र बृद्धबृद्धाको लागि थुप्रै काम गरेको छ । त्यसकारण म यस पार्टीमा छु केन्द्रिय सदस्यको रुपमा । यस पार्टीका अध्यक्ष सुरेन्द्र ढकाल नेपालमा कहलिएका समाजसेवी हुन । आफनो करोडौंको सम्पत्ति ट्रष्टमा राखेर साइकलमा चढी देश र जनताको सेवामा उहाँ लागि रहनु भएको छ । दुरदराजका बालबालिका, बृद्धबृद्धाको लागि उहाँ वरदान सावित हुदै आउनु भएको छ । त्यसकारण म उहाँ जस्तो असली पवित्र समाजसेवीको पार्टीमा लागेको हुँ । u1

३) तपाइहरुको पार्टी कसरी अघि बढछ त अब ?
हामी माथीबाट होइन, तलबाट जान्छौ । स्थानिय जनताले जे भन्छन् त्यही अनुसार काम र निर्णयहरु गर्छौ । अहिले हामीले विभिन्न जिल्लाहरुमा स्वरोजगार शिक्षा चलाएका छौ । जनचेतना अभियान देशब्यापी बनाएका छौ । आगामी चुनाबको तयारी पनि गर्दैछौ ।

४) तपाइलाई यसरी समाजसेवा र राजनीतिमा लाग्न के कुराले प्रेरणा दियो ?
म एउटा समाजसेवामा आस्था रहेको मान्छे । एक पैसा पनि किन नहोस् समाजसेवामा खर्चन मन लाग्छ । वास्तम्बमा सफा मनले दिएको एक पैसा छ भने पनि त्यो करोडौ दिए बराबर हो । करोडौ बुझाउँदैमा समाजसेवा हुदैन । त्यसको लागि असल व्यक्ति हुनप¥यो । स्वच्छ आत्माले दिनुप¥यो । खासगरी जापानीज पर्यटकहरुले मलाई यसरी समाजसेवामा लाग्न प्रेरणा दिए । म पर्यटन क्षेत्र अन्र्तगत होटलमा काम गरेको हुँदा पनि त्यो अवसर पाएँ । मैले १२ बर्षको समाजसेवाको दौरानमा धेरै समय खर्चेको छु । आफुले कमाएको कम्तिमा ४० प्रतिशत रकम समाजसेवामा खर्चेको छु । जुन राज्यले देखोस् या नदेखोस् मलाई प्रवाह छैन । त्यही राज्यले नदेखेको र देशलाई खोक्रो पारेको कारण म राजनीतिमा लागेको हुँ । अघिल्लो संविधानसभा चुनावमा अप्रत्याशित रुपमा समानुपातीकमा उठेर पनि मैले ७ सय भन्दा बढी भोट रामेछापको क्षेत्र नं २ बाट प्राप्त गरेँ । अवको चुनावमा राम्रो परिणामको आशा छ । sc

५) अन्त्यमा के छन ?
तपाइको लोकप्रिय अनलाइन मिडिया विजनेसपाटी डटकमको उत्तरोत्तर प्रगतीको शुभकामना ।

प्रस्तुति रिसब गौतम

 

 

 

 

 

प्रकाशित मिति २०७३-५-१०

फेसबुकबाट तपाईको प्रतिक्रिया