देउसीमा छमछमी नाचे प्रचण्ड

काठमाडौं १४ कात्तिक, ।

प्रधानमन्त्री प्रचण्ड पत्रकारहरुको देउसी टोलीसँग छमछम नाचेका छन् । रिपोर्टर्स क्लब नेपालको नेतृत्वमा पत्रकारहरुको देउसी-भैलो टोली आइतबार बालुवाटार पुगेको टोलीसँग छमछम नाचेका थियो । प्रधाानमन्त्री प्रचण्डले सञ्चारकर्मीहरुसँग कुराकानी गरे र पत्रकार ऋषि धमला नाच्न आग्रह गरे , टार्न नसकेका  प्रधानमन्त्री प्रचण्ड सञ्चारकर्मीहरुसँग छमछमी नाचेकाछन् ।

प्रधानमन्त्री प्रचण्डले सत्ता र प्रतिपक्षवीचको तित्तता हट्दै गएको बताए । ‘म प्रधानमन्त्री बन्दै गर्दा सत्ता पक्ष र प्रतिपक्षको बीचमा अलि बढी नै तिक्तता बढ्ने हो कि भन्ने पनि थियो,’ प्रचण्डले भने, ‘तर यहाँसम्म आइपुग्दा अहिले वातावरण निकै नै सहज, सकारात्मक र सम्वाद पनि उत्साहपूर्ण ढंगले अगाडि बढेको छ ।’उनले छिट्टै संविधान संशोधन हुने र मुलुकमा निर्वाचन हुने वातावरण बन्ने दाबी समेत गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया