देवः विकास बैंकमा रोजगारीको अवसर

काठमाडौँ ८ मंसिर

नेपाल राष्ट्र बैंकमा ख वर्गमा सुचुकृत देवः विकास बैंक लिमिटेडमा जागीर खुलेको छ । चितवन र नवलपरासीमा रहेका शाखा कार्यालयहरुका लागि बैंकले केही संख्यामा शाखा व्यवस्थापक माग गरेको हो । अंग्रेजी र नेपाली टाइपिङ जानेको, मोटारसाइकलको लाइसेन्स भएको र बैंकिङ शाखामा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने क्षमतावान् नेपाली नागरिकले उक्त पदका लागि आवेदन दिन सक्नेछन् । साथै कम्तीमा ४ वर्ष (२ वर्ष सुपरभाइजरको रुपमा) वित्तीय संस्थामा काम गरेको र क्रेडिट तथा मार्केटिङसम्बन्धि राम्रो ज्ञान भएको हुनुपर्नेछ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारलाई मंसिर १७ गतेभित्र devahr2063@gmail.com मार्फत प्रत्यक्ष सम्पर्क गर्न आह्वान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया