दोश्रो त्रैमासमा सेञ्चुरी कमर्सियल बैंकको प्रगति यस्तो !
काठमाडौ, १४ माघ ।
सेञ्चुरी कमर्सियल बैंकले बोनस तथा हकप्रद शेयर र चार कम्पनीहरुलाई गाभेर ७ अर्ब ६७ करोड ९४ लाख रुपैयाँ पुजी पुगेको छ । बैंकले साबिक पुजीलाई १०८ दशमलवल १७ प्रतिशतले वृद्धि गरेको हो । बैंकले चालु आबको दोश्रो त्रैमासमा खुद मुनाफा ४५ दशलमव १८ प्रतिशतले अर्थात् १४ करोड १ लाख मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले १० करोड ३२ लाख रुपैयाँ मुनाफा गरेको थियो ।
बैंकले खुद व्याज आम्दानीमा ४७ दशमलव ३२ प्रतिशतले वृद्धि गरेको छ । संचालन मुनाफामा १९ दशमलव ९५ प्रतिशतले वृद्धि गरी खुद मुनाफामा पनि ४५ प्रतिशतले वृद्धि गरेको छ । बैंकले यस अवधिमा ११ करोड १२ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ । जसले मुनाफा पनि बढाएको छ ।
बैंकको प्रतिशेयर आम्दानी ८ दशमलव ४७ रुपैयाँ,प्रतिशेयर नेटवर्थ १ सय २२ दशमलव ९३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २३ दशमलव ४९ गुणा, तरलता अनुपात २७ दशमलव २८ प्रतिशत रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया