धर्ती ओछ्यान, आकास छानो, भोको पेटलाई पानी (कविता)

-माधब थापा
किन आयो माहामारी कोरोनाको रुपमा ?
हिजै थियो माहामारी भष्टाचारको रुपमा ।
थेग्नै साह«ै गाह«ो भयो जति जुटेपनि
यसो गरो, उसो गरो देशमात्रै लुट्नी ।।

राज्यको दायित्व चाँही लकडाउन मात्रै रैछ
दुखी, गरिव मजदुरले के गरेर खाइछ ।
हात धुनु साबुनले सेनिटाइजर लाउनु
चुल्हो समेत निभि सक्यो अरु के नै पाउनु ।।

कोरोनाले मरिन्छ की मरिदैन कुन्नी
भोको पेटले फकिदैनन् लालाबाला पनि ।
प्रकृतिको विपत्तिले के गरेको होला
दुखी गरिब भौतारिँदै कता जाने होला ।।

सगरमाथा टुलुटुलु कसलाई हेरि रहेछिन्
भोको पेटमा कमिलाको ताँती हिँडि रहेछिन् ।
काँधमा पोको, हातमा नानी हेछर्न आँखा तानी
धर्ती ओछ्यान, आकास छानो, भाको पेटलाई पानी ।।

कोशी नदी बगेजस्तै बग्न सकिएन
पहाड झै अटल भइ टिक्न सकिएन ।
तराइझै सबैको मन नफैलिएको किन
सिता, भृकुटी, अरनिको र गौतमबुद्ध नजन्मिएको किन ? ।।
काभे्र,बनेपा

प्रकासित मिति २०७७–१–६

फेसबुकबाट तपाईको प्रतिक्रिया