धानमा देशलाई आत्मनिर्भरताको बहस

राजिब रमण न्यौपाने
विश्वकै प्रमुख बाली मध्ये एक धान हो । धानको वैज्ञानिक नाम ओरीजा सेटिभाले परिचित छ । १० हजार वर्ष अगाडीदेखि नै चीन, भारत लगायतका देशहरुमा धान खेति हुदै आएको र विश्वको झन्डै ९० प्रतिशत धान एसियामा खेति गरिदै विश्व इतिहास छ । विश्वमा ६५% भन्दा बढी जनसंख्याले चामल खाने गर्छन् ।
हामीले दैनिक रुपमा उपभोग गरी आएको चामलको पौष्टिकता कुरा गर्ने हो भने कार्बोहाइड्रेट्स(९%), प्रोटिन(५%), भिटामिन बि–६ (५%) लगायत मिनारल्सहरु प्रशस्त मात्रामा पाहिन्छ । मिलमा कुटेको धान भन्दा परम्परागत रुपमा हामीले ढिकीमा कुट्ने गरेको धान पौष्टिक हुने गर्छ । हातले वा ढिकीमा कुट्दा भिटामिन ‘बी’ को कम मात्रामा क्षति हुन्छ भने मेसिनमा कुट्दा दुइ–तिहाई र उसिन्दा एक–तिहाइ भिटामिनको क्षति हुन्छ । पोलिस गरिएको चामल नियमित रुपमा खानाले थायामिन तत्वको कमी भई बेरीबेरी रोग लाग्न सक्छ ।
नेपाल सरकारको तथ्यांक हेर्ने हो भने चालु आर्थिक बर्षमा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको छ । जुन हालसम्मकै उच्च रहन गएको छ । आर्थिक वर्ष २०७६-०७७ को धान उत्पादनको तथ्यांक हेर्ने होभने आर्थिक वर्ष २०७५-०७६ वर्षको तुलनामा उत्पादनमा सामान्य गिरावट आएको देखिन्छ । आर्थिक वर्ष २०७५-०७६ मा करिब १४ लाख ९२ हजार हेक्टर जमिनमा धान उत्पादन ५६ लाख १० हजार मेट्रिक टन रहेको थियो भने आर्थिक वर्ष २०७६-०७७ मा करिब १४ लाख ५९ हजार हेक्टर जमिनमा धान उत्पादन ५५ लाख ५१ हजार मेट्रिक टन रहेको छ । उत्पादकत्वको हिसाबले हेर्ने हो भने आ.व. २०७६-७७ सालमा १.१७ प्रतिशतले बढेको देखिन्छ ।
तथ्यांक अनुसार प्रत्यक नेपालीले प्रत्यक दिन ३७० ग्राम चामलको खपत हुने गरेको छ भने जनसंख्या बृदिदर २.३ प्रतिशतले बढेको छ । नेपालको जनसंख्या वृद्धिलाई आधार मानेर उत्पादकत्व र वार्षिक चामल खपत हेर्ने हो भने हाम्रो खपत अनुसार उत्पादन एकदमै न्यून छ । झन्डै १५ लाख मेट्रिक टन चामलको वार्षिक अभाव देखिन्छ । करिब दुइ–तिहाइ किसानहरु धान खेतिमा आवद्द भएरपनि वार्षिक रुपमा झन्डै २७ अर्ब ९० करोड (आ. व. ०७५-०७६ को तथ्यांक अनुसार) चामल आयात गर्नु सार्है नै लाजमर्दो कुरा हो ।


२०१९ मा कपिलवस्तुमा धानका ४ वटा विभिन्न जात गोरखनाथ, राधा–४, रामधान र सावा मा भएको अध्ययनमा हेर्ने हो भने प्रति हेक्टर औसत उत्पादन लागत रु. ७७,००० रहेको थियो । उत्पादनको हिसाबमा हेर्ने हो भने गोरखनाथ (४.२ टन-हे.), राधा–४ (३.१५ टन-हे.), रामधान(४.९५ टन-हे.) र सावा (३.७५ टन-हे. ) दरले भएको थियो तर बजारको माग र धानको गुणस्तर अनुसार हेर्ने हो भने सावा जातको धानले सबै भन्दा बढी प्रतिफल रु. १,०१,२१२.५ प्रति हेक्टर दिएको थियो जसको द्यभलभाष्त–अयकत चबतष्य १.३१२ सबैभन्दा बढी रहेको थियो । यस अध्ययनले के देखाउछ भने किसानहरुले बजारको माग अनुसार जातको छनोट गरी लगानी गर्यो भने राम्रो प्रतिफल लिन सकिन्छ ।
कुल खेतियोग्य जमिन मध्यको करिव ४७ प्रतिशत जमिनमा विभिन्न जातका धान खेति हुन्छ । समुन्द्रको सतहबाट ६० मिटर माथी देखि विश्वको सबैभन्दा अग्लो ठाउमा हुने मार्सी जातका धान सम्म खेती हाम्रै भुमिमा गर्न सकिन्छ । प्रविधि र स्रोत–साधनको सहजतामा कुल खेति योग्य जमिनको ६० % भन्दा बढी जमीनमा धान खेति विस्तार गर्न सकिन्छ । हरेक प्रकारका धानका जात उत्पादन गर्न सकिने उर्वर भुमि त हाम्रो देशले बरदान स्वरूप पायो तर अस्थिर सरकार र अव्यवस्थित प्रणालीले कृषिलाई प्राथमिकतामा राखेर दिगो उत्पादनमा जोडिन नसक्नुले हामि धेरै पछी परेका छौं ।
नेपाली भान्सामा सबैभन्दा बढी खपत हुने खाद्यान्नका रुपमा चामल लगायत गहुँ, मकै लगायत गेडागुडी पर्छन् । हाम्रो देशले खाद्यान्न मात्रै वार्षिक रुपमा मात्रै करिब आधा खर्बको आयात गर्ने गरेको छ । त्यसैले देशको यत्रो ठुलो रकम बाहिरिनबाट बचाउन र हामि पनि स्वस्थ खानमा निमित्त अब धान उत्पादनलाइ मुख्य प्राथमिकता राखेर आत्मनिर्भरको अभियान लिएरै हिड्नै पर्छ ।
नेपालका वरिस्ठ धान वैज्ञानिक प्रा. डा. भोलामान सिंह बस्नेत, वरिष्ठ कृषि प्राविधिक शिव यन्दो लगायत नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अध्ययन अनुसार किसानले केहि सामान्य कुराहरुमा मात्रै ध्यान पुर्यायो भने केहि वर्षमै नेपाल धानमा आत्मनिर्भर हुन्छ ।
१. गुणस्तरीय, धेरै फाल्ने र सुधारिएको बिउलाइ प्राथमिकतामा राखेर किसानको पहुँचमा पुर्याउन सकियो भने देशको अहिलेको उत्पादन भन्दा १५% सम्म उत्पादन वृद्धि गर्न सकिन्छ । बिउ छनोट गर्दा बजारको माग अनुसार मसिनो, बासनादार र धेरै फल्ने रोज्यो भने बजार भाउ पनि राम्रो पाउन सकिन्छ ।
२. किसानले बिउ मात्रै पनि राम्रो संग भिजाउने र गुणस्तर बिउको बेर्ना सार्न सके मरुवा लगायत विभिन्न आनुवंशिक र बिउबाट आउने रोगकिराबाट बोटलाइ बचाउन सकिने र कुल उत्पादनमा १५ –२०% सम्म वृद्धि गर्न सकिन्छ । बिउ ५ लिटर भिजाउँदा मनतातो पानीमा १ किलो नुन घोलेर भिजाउने हो भने नुनपानीको तल्लो सतहमा निरोगी र गुणस्तरीय बिउ जम्मा हुने गर्छ जसलाई हामी छनोट गर्न सक्छौं ।
३. वर्खे धानको तुलनामा चैते धान खेति कम गरिएता पनि उत्पादनको हिसाबले २०–२५% सम्म बढी फल्ने गर्छ । नेपालमा प्रत्यक वर्ष १४ देखि १५ लाख हेक्टर जमिनमा धान खेति हुदै गर्दा चैते धान भने जम्मा १ लाख ५० हजार हेक्टरमा मात्रै हुने गरेको छ । नेपालको धानको सरदर उत्पादन हेर्ने हो भने ३.८ टन प्रति हेक्टर छ तर चैते धानको सरदार उत्पादन ४–५ टन प्रति हेक्टर सम्म फल्छ । सिंचाई सुविधा भएको ठाउँमा यस खेतिलाई प्राथमिकता दिन सक्यौं भने एकातिर उत्पादन बढ्छ भने अर्का तिर किसानले राम्रो बजार भाउ पाउनेछन् ।
४. उन्नत मलखाद र सन्तुलन पोषणको प्रयोगले मात्रै हामीले आकलन गरेको उत्पादन सम्भव छ । नेपालका अधिकांस किसानहरु धानमा मलखाद भनेको युरियाको प्रयोग र थोरै धेरै डी.ए.पी, पोटास भन्ने छ तर त्यसो हैन । हाइब्रिड जातका लागी उन्नन मल (कम्तिमा ४–६ टन प्रति बिघा ), युरिया (१०० के.जी प्रति विघा), डी. ए. पी (४० केजी प्रती बिघा), पोटास (३० केजी प्रति विघा ) अनिभार्य रुपमा हाल्नु पर्छ । युरिया हाल्दा सुरुमा ५० केजी र पछी टप ड्रेसको रुपमा २०–२५ दिनको अन्तरमा बाकि २५ – २५ केजी हाल्नु पर्छ । खेतमा युरिया कम गर्नका निमित्त बाली चर्क्र प्रणाली अपनाउन धैचा वा कोसेबाली लगाउन सकिन्छ । सुष्म तत्वको रुपमा जिंक एकदम आवस्यक पर्ने गर्छ जसलाइ प्रती बिघा १३ केजी सम्म हाल्नुपर्छ । लोकल जातका धानलाइ भने ६०ः ३०ः ३० ९ल्स्एस्प्) को दरले दिनु उचित हुन्छ । माथी सिफारिस मलखाद नार्कले सिफारिस गरे भन्दा बढि छ किनभने अहिले किसानले खेती गर्दै आएका विभिन्न हाइब्रिड जातका धान हरुलाई त्यसका उत्पादन क्षमता अनुसार मलखादको प्रयोग गरिनु पर्छ ।
५. धानबालीमा मुख्य लाग्ने रोगहरु मरुवा, डढुवा, खैरो थोप्ले रोग, फेद कुहिने, डाठ कुहिने, कालो पोके आदि हुन् । यी रोग को समयमै पहिचान र नियन्त्रण गर्न सके ठुलो क्षतिबाट बच्न र कम लागत मै मनग्य फाइदा लिन सकिन्छ ।
किसानहरुले माथी उल्लेखित कुराहरुमा ध्यान दिने हो भने वार्षिक रुपमा आयातित पन्ध्रौँ लाख मेट्रिक टन धान हामी सझिलैसंग रोक्न सक्छौं र धान उत्पादनमा केहि वर्षमै आत्मनिर्भर बन्न सक्छौं ।

(लेखक न्यौपाने बाली विज्ञान प्राविधिक हुन् । उनी राष्ट्रिय खाद्य बैकसँग आबद्ध छन् ।)
प्रकासित मिति २०७८–१–१९

फेसबुकबाट तपाईको प्रतिक्रिया