धितोपत्रबोर्डले साँच्चै शेयर बजार सुधार्ने हो भने यी काम गरोस्

नयन्द्र बास्तोला

धितोपत्रबोर्डले देशको विभिन्न ठाउँमा गएर सेयर बजार सम्बन्धि जनचेतना दिने काम एकदमै स्वागतयोग्य हो । यो कामलाई एकदम ब्यवस्थित रुपमा तालिकाबद्ध तवरले सञ्चालन गरिनुपर्दछ । जसले गर्दा दुरदराजमा रहेका नेपालीले पनि नेपालको पुँजीबजार र ब्यवसायमा सग्लन हुन पाउनेछन् । यसले नेपालको बित्तिय बजारमा सम्पुर्ण नेपाली जनताको सहभागिता हुनेछ । फल स्वरुप नेपालको पुँजीबजारको आकार बढनेछ । पुजीबजारमा सन्लग्न नेपाली जनताको संख्या बढ्न जानेछ । यो कुरा त स्पष्टै छ तर प्रश्न यहाँ पेचिलो हिसाबले के खडा भएको छ भने धितोपत्र बोर्डसमक्ष कतै धितोपत्रबोर्डलाई सिमित ब्यक्ति र संस्था वा निकायको दबाब थाम्न नसकेर आफ्नु नाम सुगन्धित बनाउन मात्र देश डुलि रहेको त छैन ?
हैन, भने डोटिमा के देखाए र त्यहाँका जनतालाई बुझाउने कोसिस गरियो ? त्यहाँ न त ब्रोकर नै छ न सिडिएस नै छ । न कहिलै त्यँहा साधारण सेयर खुलेको छ, न के न के ? तपाईंहरुको अनुहार हेरेर त त्यँहाका जनताले पक्कै पनि बुझेनन् होला ? यो कति हदसम्मको गैर जिम्मेवारीपन हो ? किनभने त्यँही कुरालाई सजिलो हुन्छ भनेर नै जनताले ब्रोकरको संख्या बडाउ, बाणिज्य बैंकलाई ब्रोकरको लाइसेन्स दिन सञ्चालित ब्रोकरहरुलाई शाखा विस्तार गर्न दिने online Trading को ब्यवस्था गर भनेर भनिरहेका थिए । यदी डोटी जाँदा माथि उल्लेख गरिएका ब्यवस्था पुजीबजारको कुरासँगै तपाईंहरुसँगै हुँदा कति सुनमा सुगन्दित हुने थियो है महोदय ? तर यस्ता कुरालाई तिलान्जली दिई ‘गरिस गरेँ’ भन्नको लागि र त्यसो नगरी सिमित वर्ग, ब्यक्ति र निकायको स्वार्थ पुर्तीको लागि तत्काल चाल्नुपर्ने कदम नचाली सरकारी तलब भक्ता पचाउन गरिने यस्ता कामको सम्पुर्ण नेपालीले घोर भत्सर्ना गर्ने कि नगर्ने ? अवश्य पनि घोर भत्सना गर्नैपर्छ । हैन भने करिब पचास हजार नेपाली हुँदा आवश्यक भै खोलिएका ५० वटा ब्रोकर अहिले पचासौं लाख नेपाली पुजिँबजारमा हँुदा ब्रोकर लाइसेन्स किन खोलिदैन ? किन बाणिज्य बैंकलाई लाइसेन्स दिदैन ? किन online Trading को ब्यवस्था गरिदैन यी सब कुरा बुझ्दा यहाँ सिमित ब्यक्तिको स्वार्थको लागि कुनै पनि काम भइरहेको त छैन भनेर हामिले बुझ्ने कि नबुझ्ने ? अवश्य बुझ्नैपर्छ ।

त्यति मात्र कहाँ हो र ? नेपालको पुँजीबजार सिमित ब्यक्तिको हातबाट बाहिर निकाल्न बेला–बेला घोषणा गरिएका घोषणाहरु किन प्रतिबेदनमा सिमित गरिन्छ, बुझ्न गाह्रो छैन । नागरिक लगानी कोषलाई बजार निर्माता वा बजार डिलरको रुपमा ल्याउन भनि गरिएका घोषणाहरु कहाँ पुगे ? जनताले जान्न पाउने कि नपाउने ? यि सबै कुराको ज्वलन्त उदाहरण केही समय देखि हुने खाने शोषक सामन्ती कालोबजारीहरुले सेयर बजारलाई अनियंत्रित बनाइ नयाँ, साना र ईमानदार लगानिकर्तालाई बजारबाट आउट बनाइ एक्लै हाली मुहाली गर्नको लागि विभिन्न माध्यमको प्रयोग गरिरहेका छ्न । यहाँसम्म कि देशकै आर्थिक अवस्थालाईसम्म हल्लाउन खोजिरहेका छन । यी यस्ता कुराहरु देख्दा वाक्क दिक्क किन नहुन् नेपाली जनता तर अब सम्बन्धि निकायले महसुस गर्ने बेला आएकै छ । नत्र धैर्यताको बाँध फुट्यो भने त्यो बाँधले को कसलाई बगाउने हो त्यति बेला नै देखिनेछ । त्यसका लागि नेपाली पुजिँबजार कसैको न पेवा हो न मेवा नै हो । यसलाई सबैको साझा र माझा बनाउन धितोपत्रबोडर्, नेप्से, अर्थमन्त्रालयले तत्काल गर्न सकिने काम तत्काल नै गर्नुपर्छ । जस्तै बाणिज्य बैंकलाई लाइसेन्स दिने प्रक्रिया थालनी गरिनुपर्यो । गैर आवासीय नेपालीहरुलाई पुजिबजारमा भित्राउने कार्यविधि बनाउनेतर्फ लाग्नुपर्यो । गर्न आम नेपाली लगानिकर्ता को माग रहेको छ ।
( लेखक सेयर बजारका पेशेवर साना लगानीकर्ता हुन् )

प्रकाशित मिति २०७३-११-७

फेसबुकबाट तपाईको प्रतिक्रिया