धितोपत्र बोर्ड : अनलाईन ट्रेडिङको नाटक मञ्चन कहिले हुन्छ ?
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_706,h_475/https://businesspati.com/wp-content/uploads/2017/07/nayan-ji.jpg)
नयन बास्तोला
विश्व पुँजीबजारको त के कुरा गर्नु त्यही हाम्रो छिमेकी हामी भन्दा सानो भुटानको पुँजीबजार हेर्दा नै काफी छ । हाम्रो पुँजीबजार कसरी बामे सर्दैछ, कति कष्ट–पीडा बोकी अगाडि बड्न खोज्दै छ । तर बिडम्बना जब बामे सर्न खोज्छ त्यसलाई वा त्यसका हरेक पाइला र कदममा सिमित स्वार्थ बोकेका कालोबजारी गर्न पल्केका, अनियमितता गर्नेहरुका नाइकेहरुले आफनो स्वार्थ परिपुर्ती गर्न २० खर्बको पुँजीबजारलाई आफ्नै बाबुको अंश वा श्रीमतीको दाइजो झै गरि यसको बिकास र बिस्तार गर्न अवरोध गरि राखेका छन । यो पंक्तिकारको मात्र आरोप होइन् जो जसले नेपाली सेयर कारोबार बुझनु भएको छ उहाँहरु सबैले बुझ्ने र महशुस गरेको कुरा हो । नेपालको सेयर मार्केट यति ठुलो भैसकेको छ र पनि यसलाई सिमित ब्यक्तिको हात मै रहन दिनुमा क–कसको कस्तो नियत रहेको छ त्यो सबैलाई थाहा छदैछ । तर थाहा भएर के गर्नु यसको नियमन, नियन्त्रण तथा अनुगमन र निर्देशन गर्ने निकाय नै कानमा तेल हालि दिउँसै निदाएपछि कसको के लाग्छ । जब धितोपत्र बोर्डले नयाँ नेतृत्व पायो, सबैले आशा गरेका थिए, अब नयाँ नेतृत्वले केही नयाँ कार्यहरु गर्नेछ, जुन कार्यले नेपालको पँुजीबजार चलायमान हुनेछ । तर हो, सुरु–सरुमा त धेरै बिकासका कार्यहरु पनि भए ।
तर केही समय पछि जे–जे काम गर्ने भनि सुरु गरिएका थिए । ती सबै कामहरु पेन्डिङमा राखेर नियामक निकाय किन यस्तो लाटो–कोसेरो भएको बुझ्न सकिएको छैन । कतै तिनै स्वार्थी समुहको पछि–पछि नाच्न त थालेको छैन भन्ने सोच्न बाध्य भएको छ । केही समय अगाडि नेप्सेका बडा हाकिमको कार्यकाल सकिएको थियो । आफनो कार्यकाल सकिएको जानकारी दिन पत्रकार सम्मेलन गर्दा कति मिठो मिजासिलो शब्दमा उदघोष गर्नु भएको थियो कि अनलाइन टेट्रिङ भाद्र महिनाबाट नेप्सेमा स्टल हुन्छ र त्यसको परिक्षण गरि आउने कात्तिक महिनाको २१ देखि जनतालाई प्रयोग गर्न दिने भन्नू भएको थियो तर खै आज भाद्र १५ गते भैसकेको छ तर केही सुन्न पाइएको छैन । र, नेप्सेमा अहिलेसम्म बडा हाकिम नियुक्ति हुन नसक्नुमा कतै अन्तर कुन्तरमा यो अनलाइन ट्रेडिङको कुरा पनि जोडिएको त छैन भन्ने संका गर्ने ठाउँ भएको छ । तर नेपालको पँुजीबजारको सर्बोच्च निकाय धितोपत्रबोर्ड के हेरि बसेको छ ? साना लगानीकर्तालाई माकुरोको जालमा पार्दासम्म ? अहिले सेयर बजार सिमित ब्यक्तिले यसरी प्रयोग गर्न थालेका छन् कि कहिले नाम चलेका पत्रीकामा त कहिले च्याउ सरि ब्यक्तिगत स्वार्थ राखी खोलिएका अनलाइनहरुमा त कहिले टेक्निकल सपोर्ट भनि त कहिले सेयर ट्रेनिङका नाममा तर्साउने काम भइरहेको छ । यस्तो नौटनकीलाई धितोपत्रबोर्डले कसरी लिइ रहेको छ । फेरि पनि प्रश्न उब्जन्छ ? यदि यहि चाल र अवस्था रहिरहने हो भने र सिमित ब्यक्तीको घेराबन्दीबाट नेपाली पँुजिबजारलाई बाहिर नल्याउने हो भने मैले यसो गरे उसो गरे भन्नूको के नै अर्थ रहन्छ र अध्यक्ष ज्यु ? अब ढिला भै सकेनर पुँजी बजारलाई सबै नेपाली समक्ष पुर्याउन र बिश्वस्तरीय बनाउन यी काम गर्न अब धितोपत्र बोर्डले एनआरएनलाई सेयर कारोबार गर्न दिने ब्यबस्था जति सक्दो गर्ने, अनलाइन टेड्रिङको ब्यबस्थालाई निर्धारित समयमै प्रयोगमा ल्याउने र ब्रोकरर्हरुको शाखा बिस्तार गर्ने । यि काम तत्काल भए कम्तिमा सारा नेपालीमा धितोपत्र बोर्ड प्रति भएका नकारात्मक कुराहरु हटाउन सजिलो हुने थियो कि ? ।
प्रकाशित मिति २०७४-५-१६
फेसबुकबाट तपाईको प्रतिक्रिया