धुरु धुरु नरोउ नागरिक बेच्ने शासकहरु

–नन्दलाल खरेल
धुरु धुरु नरोउ नागरिक बेच्ने शासकहरु
तिम्रो दिनगन्ती अब शुरु भइसक्यो
सत्ताको गजुरले अब नथाम्ने भइसक्यो
तिम्रा अनुनय रोदनहरुले सीमा नाघीसक्यो ।।१।।

धुरु धुरु नरोउ नागरिक बेच्ने शासकहरु
इन्द्रको बाबु चन्द्रले बचाउन नसक्ने भइसक्यो
तिम्रो योजना अब सबै विघटन भइसक्यो
चिसो छीडी अब पक्का भइसक्यो ।।२।।

धुरु धुरु नरोउ नागरिक बेच्ने शासकहरु
सामुहिक अपराधको कुकृत्य सबै बाहिरियो
हिजोको तिम्रो हुँकार अब अतित भइसक्यो
तिम्रो जीवन अब अस्ताउँदो सूर्य भइसक्यो ।।३।।

धुरु धुरु नरोउ नागरिक बेच्ने शासकहरु
तिमीलाई मानव बेचविखन विल्ला लागिसक्यो
राजनीतिक अपराधीको तक्मा अब भिरीसक्यो
तिम्रो जायजेथाले अब नपुग्ने भइसक्यो ।।४।।

धुरु धुरु नरोउ नागरिक बेच्ने शासकहरु
तिम्रो हाइप्रोफाइल अब लो प्रोफाइल भइसक्यो
फौजदारी मुद्दा अब अदालत पुगी सक्यो
तिम्रो सक्कली अनुहार जनतासामु नक्कली भइसक्यो ।।५।।

फेसबुकबाट तपाईको प्रतिक्रिया