नबिल इन्भेष्टमेन्टले यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर रजिस्ट्रारको कार्य गर्ने

काठमाडौँ, २९ जेष्ठ २०८०-नबिल इन्भेष्टमेन्टले यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर रजिस्ट्रारको कार्य गर्ने भएको छ । कम्पनीले शेयर रजिस्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीलेगत जेठ १४ गते आइतबारबाट यूनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार शुभारम्भ गरेका थिए।

यस सगै अब कम्पनिको धितोपत्र कारोबार सम्बन्धी अभिलेख , शेयर दाखिल खारेज, नाम सारी लगत अद्यावधिक लगायतका सम्पूर्ण कार्य नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड नारायण चौर नक्सालबाट हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया