नयाँ शक्तिको बेलुनीकरण भएको छ : मणि थापा (अन्तरबार्ता)

मणि थापा, महासचिव, क्रान्तिकारी कम्युनिष्ट पार्टी

१ माओवादी आन्दोलनको ध्रुब्रिकरण कहाँ पुगेको छ ?
माओबादी आन्दोलनको धु्रविकरण र रुपान्तरण आवश्यक हो । यस वीचमा माओवादी धाराका सबै जसो घटकहरुसँग वार्ता र छलफल भइरहेको छ । तर नयाँ शक्ति र विप्लव माओवादीसँग यसको छलफलको औचित्य देखिएको छैन । ती बाहेकसँग पार्टी एकता र धुव्रिकरणका कुरा भैरहेको छ । तर निकर्षमा पुगेको छैन । निकट भविष्यमै माओवादीहरुको एउटै क्रान्तिकारी पार्टी बन्ने जनताको, सहिद, वेपत्ता परिवार, शुभचिन्तकहरुको जुन चाहना छ त्यो छिटै पुरा हुने सम्भावना छ ।

२.छिटै एकता हुन्छ भन्न थाल्नु भएको धेरै भयो । तर अव कहिले हुन्छ ?
ठयाक्कै यहि मितिमा एकता हुन्छ भनेर नतोकौं । केही समय अझै लाग्छ । अव यसको निमित्त केही राजनीतिक वैचारिक छलफल जारी छन । केही समय चाँही लाग्नसक्छ ।

३.प्रधानमन्त्री केपि ओलीको चिन भ्रमणको मिति नजिकिँदैछ । चीनले पनि प्राथमिकता दिएको देखिन्छ । तपाइले यस भ्रमणलाई कसरी हेर्नुभएको छ ?
प्रधानमन्त्री ओलीको भारत भीजिट सम्पन्न भइसकेको छ । चीन भ्रमणमा जानका निमित्त ओली तयार भएको हामीले बुझेका छौ । चाइनाले विमान मार्फत ओलीको सम्मान गर्ने पनि वाहिर आइरहेको छ । र, एउटा अत्यन्त क्रुशियल पेरियोडमा ओलीको चीन भ्रमण हुन लाग्दैछ । भारतसँग हाम्रो सम्बन्ध अझै सुदृढ भैसकेको छैन । भारतको चाहना पनि ओलीको भ्रमणपछी भारतका जे इन्टे«सहरु बाहिर आइरहेका छन । त्यो पुरा नहुने भएपछि भारतसँग हाम्रो सम्बन्ध सुमधुर हुने परिस्थीति बनिरहेका छैनन । त्यो विचमा नेपालको विकास, शान्ति, स्थीरताको निम्ती भित्रि हृदय देखि नै चाइनाले जुन सहयोग गर्ने बाचा गरेको छ । त्यो कुरा ओलीले गम्भिरतापूर्वक सोचेर चाइनासँगको सम्बन्ध बढाउनका लागि र भारतसँगको एकपक्षिय परनिर्भरता घटाउनका निमित्त पनि चाइनासँगको सम्बन्ध हामीले विकास गर्नुपर्छ भन्ने मलाई लाग्छ । त्यसको निमित्त चाइनिजहरुले जसरी एक वेल्ट एक रोडको अवधारणा , शिल्क रोडको अवधारणा विकास गरेका छन । त्योबाट नेपालले ठुलो लाभ लिने सम्भावना रहेको छ । त्यसको निमित्त चाइनासँगको व्यापार सम्झौता, टान्समिशन लाइनको सम्झौता र नेपालको नाका खोल्ने सम्भावना, पेट्रोलियम पदार्थको सम्झौता अहिले तत्काल गर्नुपर्ने स्थीति छ । यो गर्नका निमित्त अहिले ओली सरकार जो खडा छ । त्यसले चाँही राष्टिय स्वार्थलाई केन्द्रमा राखेर कुनैपनि वैदेशिक शक्तिहरुको झुकाव र प्रभावमा नपरिकन छिमेकी चिनलाई भरपुर्ण विश्वासमा लिएर केही सम्झौताहरु दृढतापूर्वक जनताको पक्षमा गर्न आवश्यक छ भन्ने मेरो विश्लेषण छ ।

४) काङगे्रसको महाधिवेशनलाई कसरी मुल्याङकन गर्नुहुन्छ ?
विशेषगरी काङगे्रसको महाधिवेशनले र देउवाको जीतले एउटा कुरा के चाँही प्रमाणित गरेको छ भने एउटा कोइरालाकै परिवारको लिगेसीबाट नेपाली काङगे्रस २० बर्ष पछी सुदुर गाँउको गरिव किसानको छोरा पनि सभापति हुनसक्छ भन्ने प्रमाणित गरेको छ । दोश्रो नेपाली काङगे्रस यो निर्वाचनले काङगे्रसले एउटा आफनै खालको प्रजातान्त्रिक अभ्यास जुन गरेको त्यो उसको सुन्दर पक्ष हो । तेश्रो यो महाधिवेशनमा नेतृत्वको विषय प्रधान बन्नु तर देशको जुन समस्या छ । नेपालको राष्ट्रियताको र जनगणतन्त्र, संविधानमाथी पनि जुन बहस छ । जनताको जनजिविकाको प्रश्न छ । स्वयम काङगे्रसले आफुलाई समाजवादी भनेर दावी गरिरहेका छन । वैचारिक राजनीतिक कोणबाट जुन खालको बहस गरेर देशलाई एउटा दिग्दर्शन गर्ने बहस थियो । त्यो चाँही अहिले काङगे्रसको महाधिवेशनले दिन नसकेको प्रश्न छ । काङगे्रसमा पुरानै रैथाने नेताहरुको जुन पक्कड देखापर्ने कोशिस गत्यो । त्यो महाधिवेशनको नकारात्मक पक्ष हो । केही रैथानेहरुले हासिल गरे अर्को राजनीीतक र नेपालको उन्नती प्रगतीको निम्ती बढी यो महाधिबेशनमा छलफल भएन । नेतृत्वमाथी छलफलको महाधिवेशन बन्यो । सकारात्मक पक्षमा कोइराला परिवारमाथी यो महाधिवेशले जर्वजस्ती धक्का दिन सफल भयो ।

५) नवनिर्वाचित काङगे्रस सभापती शेरबहादुर देउवा सत्ताको खेलाडी हुन् भनेर चिनिनु भएको छ । सरकारको परिवर्तनको सम्भावना कत्तिको छ ?
परिवर्तनको सम्भावना छ । देउवा सत्ताका खेलाडी हुन । नेपाली काङगे्रस सरकार र सत्ता विना टिक्न सक्ने पार्टी होइन । अहिले चाँही जो नेपाली काङगे्रसमा विजयी भएर आएका छन । ती सत्तामा अत्यन्त राम्रा राम्रा खेलाडीहरु विजयी भएर आएका छन । यसले गर्दा नेपाली काङगे्रस तुरुन्त सत्ता सरकार परिवर्तनमा जानसक्ने भन्ने पनि देखिन्छ । तर परिस्थीति नेपालमा कस्तो भन्दा तुरुन्त सरकार परिवर्तनको खेलमा जाँदा ठुलो पाटी भएपनि आम जनताको चासो हुनेगरी सत्ता तुरुन्त सरकार परिवर्तनतिर छैन । अहिले गणतन्त्र पनि सुदृढ नभैसकेको स्थीति, संविधान पनि कार्यान्वयन नभइसकेको स्थीतिमा, भुकम्प पिडितहरुले पनि सामान्य सहयोग पनि नपाइरहेको स्थीतिमा सबै राजनीतिक दलहरुले संयुक्त रुपमा सरकार बनाएर सम्बोधन गर्ने बेला हो । सरकारको लुछाचुडी गर्ने वेला होइन ।

६) नयाँ शक्तिबारे तपाइको के छन धारणा ?
मैले नयाँ शक्तिकोबारे पहिले पनि बोल्दै आएको छु । यसको एउटा लिगेसी नेपाली आन्दोलनमा एउटा डेमोक्रेटिभ लिगेसीले अर्को बामपन्थीहरुको लिगेसी हो । अर्को राष्टबादीहरु भन्नेका लिगेसी हो । अब यो लिगेसीलाई क्रान्तिकारी लिगेसीलाई तोडेर न बाम न डेमोक्रेटिभ र न राष्टबादी लिगेसी भित्र नयाँ शक्ति छैन । इतिहासको ठुलो दश बर्षे क्रान्तिकारी धारालाई छोडेर त्यहाँबाट अर्को धारा निकाल्ने कोसिस गरेको छ । यो प्रचारमा त आएको होला । तर यसले नेपाली जनताको जुन इतिहास, सेन्टिमेन्ट छ । यो सेन्टिमेन्टलाई नयाँ शक्तिले क्यास गर्ने सक्ने अवस्था छैन । यो अत्यन्तै वेलुन उडेको सुन्दर त देखिन्छ । तर उडिरहेको बेलुन निश्चित ठाँउमा पुगेपछी त्यो फुट्छ । त्यो वेलुनीकरण भएको छ भन्ने मेरो विश्लेषण छ । कुरा यहाँ राम्रा गरेर मात्र हुदैन । काम गर्नका निमित्त धेरै ठुला जटिलताहरु छन ।

प्रस्तुती सगिता सुवेदी गौतम

फेसबुकबाट तपाईको प्रतिक्रिया