नयाँ शक्ति नेपालको यस्तो आयो नयाँ प्रस्ताव
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_602,h_300/https://businesspati.com/wp-content/uploads/2016/08/babu.jpg)
बिजनेसपाटी १८ पौष
मुलुकलाई निकास दिन नयाँ शक्ति पार्टी नेपालले राष्ट्रिय सरकार बनाउनुपर्ने प्रस्ताव अघि सारेको छ। पार्टी केन्द्रीय कार्यालय बबरमहलमा सोमबार संचारकर्मीमाझ कुरा गर्दै पार्टीका संयोजक बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार बनाएर मुलुकलाई निकास दिन सकिने प्रस्ताव अघि सारेको हुन्। उनले राष्ट्रिय सरकार बनाउने बाटोमा प्रमुख तीन दल अग्रसर हुनुपर्ने बताए। भट्टराईले ठूला तीन दलबीच सत्तामा हानाथाप हुँदा मुलुक जटिल मोडमा पुगेको आरोप समेत लगाए।
नयाँ शक्ति पार्टी नेपालले सहमतिबाटै मुलुकलाई निकास दिनुको विकल्प नरहेको पनि स्पष्ट पारेको छ। सबै समुदायको भावनालाई सम्बोधन हुनेगरी सहमतिमा संविधान संशोधन गराएर अघि बढनुपर्ने धारणा संयोजक भट्टराईलेराखेका हुन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया