नरिसाउहै राज
-सगिता सुबेदी
आउने सालको चैते मेलामा आउहै राज
यो साल आइन के- के भयो नरिसाउहै राज
तिमीलाइ मन पर्ने चोली र पटुकी बान्छु
तिमी शिरमा ढाकाको टोपी लाउहै राज
अैपछि हाम्रो भेटघाट त कहाँ हुन्छ र
त्यसैले यहि मेलामा भेट्ने दाउहै राज
समयसँगै सम्झौता गर्दै टाढिएपनि
निम्तोछ देख्ने आँउ नखोज भाउहै राज
उकाली बाटो थकाइ लाग्ला शितल बस्नु
देख्छौ फेदिमा कोरेको मैले नाउहै राज
आउने सालको चैते मेलामा आउहै राज
यो साल आइन के- के भयो नरिसाउहै राज
फेसबुकबाट तपाईको प्रतिक्रिया