नविल बैंकका सिईओ सशिन जोशीको राजीनामा स्वीकृत

बिजनेसपाटी १९ मंसिर

नविल बैंकको प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले दिएको राजीनामा स्वीकृत गरेको छ । बैंक संचालक समितिको सोमबारको बैठकले जोशीको राजीनामा आगामी फागुन ५ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ ।

एनआइसी एसिया बैंकमा प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर उनले ०७२ असार १३ गतेबाट नविल बैंकको नेतृत्व सम्हालेका थिए । नबिल बैङ्कबाट बैङ्किङ करियर शुरु गरेका जोशीले सन् १९९० को दशकमा ‘एएनजेड ग्रिण्डलेज बैङ्क कोलकातामा पनि काम गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया