नागरिक उड्ययनद्वारा १० बर्षको हवाई सुरक्षा रिपोर्ट सार्वजनिक, यसबीच २७ वटा दुर्घटना
बिजनेसपाटी १२ कार्तिक
नेपाल नागरिक उड्ययन प्राधिकरणले एक कार्यक्रमबीच शुक्रवार हवाई सुरक्षा प्रतिवेदन सार्वजनिक गरेको छ। सन् २००६ देखि २०१५ सम्मको दशबर्षे प्रतिवेदन पर्यटनमन्त्री जीवनबहादुर शाहीले सार्वजनिक गरेका हुन् ।
सो अवसरमा मन्त्री शाहीले नेपालको हवाई क्षेत्रलाई विश्वमा परिचित गराउन नीजि क्षेत्रको सहकार्यमा पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा वायु सेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नीजि हवाई कम्पनीलाई प्राधिकरणले असहयोग गरेको गुनासो पोखे ।
कार्यक्रममा वायु सेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नीजि हवाई कम्पनीलाई प्राधिकरणले असहयोग गरेको गुनासो पोखे ।
दश बर्षको अवधिमा साना जहाज, हेलिकप्टर र अल्ट्राफ्लाइट गरी २७ वटा दुर्घटना भएको र एक सय ७१ जनाको ज्यान गएको आज सार्वजनी प्रतिवेदनमा उल्लेख छ।
प्राधिकरणले अन्तराष्ट्रिय हवाई उड्ययन संगठन (आइकाओ)को अवधारणा बमोजिम हवाई सुरक्षा योजना ल्याउने जनाएको छ । प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले यो बर्षको अन्त्यसम्ममा हवाई सुरक्षा योजना ल्याइसक्ने बताए। हाल नेपालको हवाई क्षेत्र खतराको सुचिमा एक नम्बर वोरिपरीमा रहेको विभिन्न अधयनले देखाउदै आएको छ । महानिर्देशक गौतमले प्राधिकरणले विसं २०७४ को असार मसान्तसम्ममा ‘एयर नेभिगेसन प्लान’ पनि ल्याउने समेत जानकारी दिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया