निद्राभित्र युगकवि सिद्धिचरण श्रेष्ठ

स्वयम्भू शाक्य

निद्रा प्राणीहरूको लागि औषधी हो । कमजोरीहरूको लागि खुराकी हो । थाकेकाहरूका लागि ऊर्जा हो । निभ्न लागेको बत्तीका लागि तेल हो । त्यसैले निद्रा महाशक्तिशाली छ । यो जगतको लागि सबैको प्यारो छ । नभए आँखा चिम्लेर मस्तसँग निदाएर हेर, सुख र दुःख निद्रामा कहाँ पाउँन सकिन्छ ? धनी र गरीब भनी भेदभाव नगरी सबैलाई सम्मान ब्यवहार गर्दोरहेछ । त्यसैले निद्रा समानताको प्रतिक हो । समानभित्र कोही पनि ठूलो र सानो हुनै सक्दैन । एकनाश ब्यवहारले निद्रा प्राणीहरूको लागि जीवनको सार बनेको छ । तिमी नहुदो हो भने प्राणीहरू कसरी बाँच्न सकिन्छ ? प्रकृतिले बनाएको यो निद्राले होला प्राणीजगतलाई नै सुखमय बनाउँदोरहेछ ।
यो संसारमा दिन र रात नभई दिनै दिन मात्र भई दिएको भए के हुन्थ्यो ? रातै रात मात्र भई दिएको भए के हुन्थ्यो ? प्रकृतिले बनाएको यो दिन र रातमा किन होला यो संसार चलिरहेछ ? सूर्यलाई सोधेर हेर, दिनमा सूर्य उदाउँनुको अर्थ के रहेछ ? चन्द्रलाई सोधेर हेर रातमा जागराम बस्नुको अर्थ के रहेछ ? यो संसारको रीत हो । ढुङ्गा र माटोको भरथेक जस्तै दिन र रातले प्राणी जगतलाई कल्याण गर्न प्रकृतिले नै बनाएको भन्छ । दिन सत्कर्मको मार्ग हो । उज्यालोको संवाहक हो । गनतव्यसम्म हिँड्ने बाटो हो ।
त्यसैले दिन बिना प्राणीजगतमा कसरी कल्याण हुन सक्छ ? बाँच्नका लागि आधार बिना कसरी तयार बनाउँन सकिन्छ ? त्यस्तै रात पनि विश्राम बिना प्राणीहरूको जीवन कसरी चल्न सकिन्छ र ? निद्राको शरणमा पुगेपछि यो शरीरमा फेरी ऊर्जा पलाउँछ । भोलि हिँड्नु छ, आज रातमा सुतेर भोलिका लागि शक्तिसंचय गर्नुछ । त्यसैले घाम–छायाँको यो जिन्दगीमा घामै घामले सुकेर मर्न सक्छ । छायाँ छायाँमा यो जिन्दगी पनि न्यानो तपाई चिसै चिसोले मरेर जान सक्छ । त्यसैले यो संसार चलाउनका लागि दिन र रातको आवश्यकता पर्दोरहेछ ।
धन्य, तिमी महाशक्तिशाली छौं । यो जगतकै लागि तिमी सबैको मनको प्यारी छौं । कृपया तिम्रो दृष्टि हामी माथि पु¥याई दिए मात्र पुग्छ । नत्र तिमी बिना यो संसारै दुःखदायी छ । हो, अध्यारो कतैं उज्यालोको खोजिमा छ । मन पर्ने बस्तु नपाए पछि प्राणीहरूलाई दुःख हुनु स्वभाविकै हो । दुःख निर्वारणको लागि मन शुद्ध पारी जे छ त्यसैमा सन्तुष्टि लिन सक्नु पर्नेरहेछ । नत्र यो मनमा पानी उम्ले जस्तै उम्लेर पोखिन्दोरहेछ ।
भनिन्छ, धेरै मायाले दुःख जन्माउँछ । त्यसैले माया जीवनमा नुन जस्तै हुनु पर्नेरहेछ । आनन्द प्राप्तिका लागि निद्राको सहारा लिए जस्तै निद्रा–निद्रा भित्र पनि प्राणीहरू सधैंका लागि निदाउँदोरहेछ ।
अहो धन्य निद्रा, महाशक्तिघारी
जगतको सबै जिन्दगीको पियारी
कृपादृष्टि तिम्रो विना हामीलाई
कतै क्यै पनि हुन्न आनन्ददायी
लुटिनु नाङ्गिनु हो । नाङ्गो भई केही नभएको बेला आफ्नै रगतका नाताले पनि नचिन्दोरहेछ । न खुवाउँन सक्छ न पिलाउन सक्छ ऊ त सहारा बिना एक्लो जीवन बिताउँन मान्छेले आफन्तहरूलाई के दिन सक्छ ? त्यसैले जोरीपारीले कौडीको रूपमा गरीबलाई तौलेपछि जतिसुकै अमूल्य भए पनि तुच्छ सम्झिनु बाहेक अरु के पो हुन सक्छ र ? जीवनमा जतिसुकै आपत बिपत परेपनि डुब्ने मान्छेलाई त्यान्द्रोको सहारा को बन्न चाहन्छ ? दया र माया जति फलाके पनि आखीर अन्तिम घडीमा मान्छेले मान्छेलाई कुल्चिन्दोरहेछ । त्यसैले आपत, बिपत र संकटको बेला मान्छेले मान्छेको ब्यवहार नगरी जतिसुकै भजन कृतनमा लागे पनि देखावटी बाहेक ईश्वरले पनि कहाँ मुक्ती दिन्छ र ? कर्मको फल भोग्नु पर्ने यो जिन्दगीमा मान्छेहरू किन अर्काको घरमा आगो लगाउँन खोज्छ ? धन्य दैव ! यो जिन्दगीमा के छ र, मान्छेहरू नदी बनेर सागरमा किन मिसिन चाहँदैन ? पवन बनी प्राणीजगतमा बाँच्नका लागि किन होला सहारा बन्दैन ? आगोले पोल्छ भनी थाहा पाउँदा पाउँदै मान्छेले किन मान्छेको ब्यवहार गर्न चाहँदैन ? त्यसैले यो दुःख र कष्टको असीमित भारी बोकेर होला शायद स्वर्गमा नै उनको विश्राम हुन्छ होला ।
भारी जतिसुकै ग¥हौं भए पनि यो जीवनमा किन बोक्नु पर्ने होला ? बिसाउन खोज्दा पनि ठाउँ नपाएर सधैं किन खोजी खोजी हिँड्नु पर्ने होला ? यो कस्तो लीला दुःखै दुःखको चारैतिर शत्रुहरूले ¥याल चुहाई राखेको ? बोक्नै नसकिने यो भारी कस्तो बिसाउँनलाई पनि मसानघाट रोज्नु पर्ने ?
त्यसैले मभित्र हामी जन्मिनु पर्छ । सकेसम्म तन, मन र धन दिएर यो जुनीको यात्रामा दीन–दुखीहरूलाई वारीबाट पारी पु¥याउन सक्नुपर्छ । होइन भने तिमी मान्छे भएर पनि मान्छे बन्न सक्दैनौं । कसैको आपत र बिपतमा हाँस्ने मान्छेलाई हामी कसरी मान्छे भन्न सक्छौं ?
लुट्यो छैन कौडी, न कोही सहारा
हरे आज आपत् भए शत्रु सारा
भए तापनि कष्ट भारी परेको
अली वेरलाई तिमी स्वर्ग उसको !
तिमीलाई सधैं म नित्य प्रणाम गर्न चाहन्छु । जहाँ राम्रो छ उही मेरो काम हुनुपर्छ । जहाँ सुकाम हुन्छ त्यही मलाई पु¥याई दिनुपर्छ । किनकि मान्छेको मन न हो राम्रो सबैलाई प्यारो हुनु स्वभाविकैं हो । शान्तले सास फेरेर हातमुख जोड्न पसिनाको मूल्यमा हाम्रो जीवन समर्पण गर्न सक्नुपर्छ । त्यसैले कहिल्यै नबिराईकन अटुट रूपमा नित्य कृत्य गरेर यो शीरलाई झुक्याएर तिमीलाई प्रमाणञ्जली गर्न चाहन्छु । जो जहाँ जस्तो सुकै अवस्थामा रहे पनि मेरो एउटै प्रणाम छ मान्छेलाई सुकाममा लगाई देऊ । झुठो कति दिन टिक्न सक्छ र ? फाटेको लुगा भैंm एकदिन सबैको अगाडी च्यातेर जानेछ । आफ्नो नाङ्गो रूप देखाउनु छ भने तिमी सधैं झुठो बोलेर हेर । झुठो भित्र असत्य छ । असत्य एकदिन पराजित हुनैपर्छ । अध्यारोलाई उज्यालोले जित्नैपर्छ । सत्य के हो बुझ्नका लागि तिमीले भुठो कुरा त्याग्नै पर्छ । त्यसैले आफ्नो माया छ भने सत्कर्मको बाटोमा हिँड्नु पर्छ । सत्य–सत्य झुठो होइन यो लोकमा झुठोको पर्दा च्याट्नुपर्छ । मलाई खुशी लाग्छ यो संसारमा झुठोको फन्दालाई हटाई देऊ । तिमीभित्र म पनि समाहित भई युगौं युगसम्म बाँच्न सकुँ ।
धन–सम्पत्ति यात्रीको सामल हो । सामल जिन्दगी भरीका लागि नपुग्न सक्छ । हिँड्दा हिँड्दै यो कर्मभूमिमा झुठो होइन् सत्यलाई हामीले अँगाल्न सक्नु पर्छ । त्यसैले हामी प्रणाम गर्छौं । यो नित्य पुजामा जो कोही पनि राम्रो होस् भन्नाका लागि मनैंदेखि पुकार्न चाहन्छौं । हाँसी खुशी सबैको मन मिलाउनका लागि तिमीले हामीलाई समाहित गरी देखाई देऊ ।
म गर्छु तिमीलाई नित्य प्रणाम
पुयाऊ जहाँ बन्छ मेरो सुकाम
सबै लोकको झुठा फन्दा छुटाऊ
मलाई खुशीले तिमीमा मिलाऊ
हे निद्रा ! तिमी बिना मान्छेहरू बेहाल भैरहेका छन् । तिमै्रं दया र माया पाउने आशामा मान्छेहरू मरिरहेछन् । तिमी बिना अभागी मान्छेहरू मलीन मुहार बोकेर जीवनको दुई दिनको यात्रामा को कहाँ कसरी बाटोमा हिँडिरहेछन् । थाहा छैन, भाग्यले मान्छेलाई दोहो¥याएपछि त्यसभित्र के छ भनी अहिलेसम्म मान्छेले खोजेको छैन । बरु भोक लागे लागोस् बाँच्न सक्छु । दुई–चार दिन नखाएर पनि हिँड्न सक्छु । तिम्रो दया र माया मात्र पाए यो संसारमा जे जस्तो भए पनि बाँच्न सक्छु । त्यसैले तिमीले एक मुठ्ठी माया मात्र लगाएर हेर । कतैं मुटुमा दया पलाएको छ छैन हेर्न सिक । समयसँगै तिमी पनि नदी जस्तै बगेर हेर । थुप्रैं बाधा अवरोधहरूले तिमीलाई पनि छेक्न सक्छ ।
आखीर समय न हो । समयले पनि मान्छेलाई अभागी बनाउँदोरहेछ । खोज्दा खोज्दै जति खोजे पनि आफ्नै अगाडी यो आँखाले पनि नदेख्दोरहेछ । सुख, शान्ती र समृद्धिका लागि एउटा अभागी मान्छेले जति काम गरे पनि पेट पाल्न पनि गा¥हो हुन्दो रहेछ । त्यसैले यो संसारमा अभाग्य कर्म लिएर कोही जन्मिन नपरोस् । जीवनमा बाँच्नका लागि आँशु पिएर मात्र सीमलको भूवा जस्तै कोही तुच्छ हुन नपरोस् । त्यसैले यो अभाग्य कर्म लिएर विश्व नै मलीन भएको बेला एउटा पीडितको मुहार कसरी हाँस्न सक्छ ? असजिलो भई बाँच्न कठीन भएको बेला तिमी रिसाई दिँदा यो मुटुभित्र कति छिया छिया परेको होला ? त्यसैले तिमीले मलाई दया राखी माया गर्ने गर । बाँच्नका लागि अलिकता सहारा दिने गर । म बाँच्न चाहन्छु केहि दिनको लागि भए पनि खुशी भएर मेरो जीवनमा एकचोटी बहार ल्याउँने कोशिस गरिदेऊ ।
तिमी रिसाएर के गर्नु, सबै अनर्थ भएर रसिलो कहाँ पाउन सकिन्छ र ? मीठास् त्यो सबैलाई मन पर्ने बस्तु भए पनि तिमी रिसाए पछि त्यो कहाँ हामीहरूले पिउँन सकिन्छ ? त्यसैले चाहिन्न मलाई तिमी हाँसे पुग्छ । तिम्रा हाँसोभित्र यो जगतको उद्धार हुनेछ । रसिलो, पोषिलो, गुनिलो नुनिलो बाँच्नको लागि तिमी नै सजिलो छ । यो भाग्य मैले कसरी पाएँ ? जन्मिदैं किन म अभागी भएँ ? सारा विश्व नै मेरो लागि किन किन मलीन बन्न पुगे ? दया र माया छ आज म बाँचुन्जेलसम्म तिमीलाई नै खोजे भोक प्यास लागेर के भो ? तिम्रै सहारामा म बाँच्न चाहे ।

यहाँ छन् तिम्रो दयाले बिहीन
अभागी उनी विश्व उन्को मलीन
नखाई बरु बस्नलाई सजिलो
रिसाए तिमी हुन्न केही रसिलो ।
धन्य प्रभु ! तिम्रो त्यो महाशक्ति देखेर यो संसार पनि झुक्नुपर्छ । शक्ति–शक्ति महाशक्ति बनेर होला ईश्वर पनि छेऊ लागेर हिँड्नु पर्छ । त्यसैले आज किन हो कुन्नी बिजुलीसँगै आँधीबेरी चलेर गगन रोइरहेको छ । गंगा पनि रीसले चुर भएर होला आँखाले नै नदेख्ने गरी जताततै बग्न खोजिरहेको छ । यो आँखाले हेर्न नसकिने, हेर्दा हेर्दे केही नदेख्ने तिम्रो त्यो महाशक्तिलाई यो संसारमा कसले पो होइन भन्छ र ? तिमी जस्तो महावीरलाई संसारमा कसले पो घमण्ड गर्न सक्छ र ? त्यसैले तिमी महावीर हौ । ज्योतिहरूको महाज्योति हौं । पुञ्ज–पुञ्ज महापुञ्जमा पनि यो संसारको आयुलाई छेदन गर्ने तिमी कालभैरब हौं । त्यसैले तिम्रो त्यो रूप म कहाँ हेर्न सक्छु र । के पो चढाई यो कणले तिमीलाई खुशी बनाउँन सक्छु र ? सबै तिम्रो, यो जगतै तिम्रो, तिम्रो इशाराले नाच्ने सबै लोकहरू खेलौना रहेछ । त्यसैले तिमी हाम्रो बिछ्यौना हौं । निद्रा लागेको बेला हर्ष र आनन्द दिने तिमी ईश्वर हौं । प्राणीहरूको जीवन दान गर्ने तिमी दानी हौं । समग्ररूपमा भन्ने हो भने तिमी त यो संसारको प्रतिपालक हौं । त्यसैले तिम्रो महिमा म कहाँ गाउन सक्छु र ? दैबको लीलामा कसले खोट लगाउँन सक्छ र ? सुख र दुःख, दिन र रात जस्तो हो । तिमीबिना यो संसार नै अध्यारो छ । धन्य, धन्य प्रभू ! तिम्रो त्यो शक्ति कति छ कति ? महासागर भित्र पनि हाम्रो जस्तो छुट्टैं संसार बनेको रहेछ , के थाहा हामीलाई प्राणीहरूको जीवन चक्र बुझ्नै गा¥हो छ ।
भनिन्छ, धर्मशास्त्रनुसार यो संसारमा चौरासी लाख जीवहरू बाँचिरहेका छन् । त्यसैले सबैको रेखदेख गर्ने तिम्रो महिमा म एक्लैं कसरी गाउँन सक्छु र ? सबै तिम्रो हो । तिमी बिना दिन र रात पनि छुट्याउन गा¥हो छ । यो लोक मात्र होइन परलोकसम्म साँच्चै भन्ने हो भने चौध भुवनमा समेत तिम्रैं राजले सबै लोकहरू खेलौना बनेको छ । आनन्दले हर्षित भएको बेला, मन मस्तिष्कले शान्ति पाएको बेला, तिम्रैं बिछ्यौनामा निदाउँन पाउँदा प्राणीहरू खुशी भएर भाबविह्वल गर्दैछन् । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले सुख र शान्तिको सास फेर्दै आफ्नो मनको गाथा यसरी पोख्दैछन् ।
अहो धन्य तिमी महाशक्तिलाई
बढाऊँ हरे वस्तु के आज माई
म तिम्रो ,सबै लोक तिम्रो खेलौना
सबै हर्ष आनन्द तिम्रो बिछ्यौना ।
कला कृतिमा हामीहरू समृद्धि छौं । त्यसैले आपूmले चाहेको कुरा कला कृतिमा पोख्न सक्छौं । खाईलाई निर्धक्कसंग बाँचेको बेला आ–आफ्नो शीप र कुशलताको प्रदर्शन गर्छौ । नपत्याए इतिहासलाई सोधेर हेर, स्वर्णकाल भित्र अनेकौं कला र कृति कसरी सम्पन्न भयो ? मान्छेको घर भन्दा धेरै मन्दिरै मन्दिरहरूको निर्माण कसरी भयो ? त्यसैले हामी कला कौशलमा निपुण छौं । कुशल शीप भएका कारणले हामी अनेकौं कामहरू गर्न सिपालु छौं । तिमी र म बराबर नहुन सक्ला । तिमीसँगै समदर्शी भएर हिँड्न नसक्ला । तैपनि तिमी एक कुशल प्रवीणता हौं । कलाकृतिको प्राण राख्न सक्ने कलाकार हौं । देशको भलाई गर्नका लागि आफ्नो परिश्रम बगाउँने प्रणेता हौं । त्यसैले तिम्रो नित्य नै आजका लागि काफी छ । तिमीले बगाएको पसिना नै कण कणमा व्याप्त छ । तिमी नबाँचेर के भो ? तिम्रो प्राण कलाकृतिमैं हाँसेको छ । सदा सर्वदा तिम्रो गुण युगौं–युगसम्म बाँचिरहने छ ।
हामीलाई थाहा छ, यो जीवन त्यसै खेर फाल्नु हुँदैन । आ–आफुले जानेका कुराहरू एक अर्कालाई सिकाउनु पर्छ । सिक्नु सिकाउँनु हाम्रो पुर्खाहरूको धर्म हो । कहि कतै नदेखिएको कला कृतिहरू ढुङ्गा र काठमा खोपिएको छ । त्यसैले थोपा थोपा पसिना चुहाएर बनाएका ती कौशलहरूलाई हेर, साक्षात विश्वकर्माले बनाएको जस्तो हाम्रा पुर्खाहरूले काम गरेको आभाष हुन्छ । त्यसैले हामीमा आँखाले हेरेर काम गर्ने शक्ति छ । कानले सुनेर मात्र बनाउँन सक्ने शीप छ । मन मस्तिष्क भित्र विश्वकर्माको वास भएर होला आपूmले चाहेको अनि आपूmले खोजेको कलाहरू बनाउँन सक्ने साहस छ । त्यसैले हामी आपैmमा निपुण छौं । सिपालु छौं । कुशल छौं । ईश्वरको वरदान पाएर होला विश्वकर्मा तुल्य काम गर्न सक्षम छौं ।
त्यसैले निपूण त्यही व्यक्ति मात्र हुन सक्छ, जसले ईश्वरको वरदान प्राप्त गर्न सक्छ । प्रवीण त्यही व्यक्ति मात्र हुन सक्छ, जो हरेक काममा सिपालु हुन्छ । त्यसैले हामी प्रवीणतामा विश्वास गर्छौ । प्रवृत्त भएर प्रवृत्तितिर प्रवाहित गर्छौ । तिम्रो नित्यकर्मले हाम्रो भलाईको निम्ति सीधा–साधा छलकपट नगर्ने सुधीहरूको सुधा पिएर यो जिन्दगी चोखो बनाउँन चाहन्छौं ।
यहाँ छन् अनेकौं कला निपूण
तिमी तुल्य हैनन् तथापि प्रवीण
तिमी नित्य हाम्रो भलाई निमित्त
सदा सर्वदा नै रहन्छयौ प्रवृत्त ।
तिमी यो शरीर भित्र प्रवेश गरेर कतै रमाउँन खोजेको त होइन् ? तिमीले आफ्नो सु–धर्म निभाउँनका लागि मात्र देहभित्र प्रवेश गरेको त होइन् ? हामीलाई थाहा छ, तिम्रो मन गंगा भैंm चोखो छ । हिऊ भैंm दया र मायाले पग्लेर जानेछ । मानवको अस्तित्वको लागि थुप्रैं बाधा अवरोधहरू पार गर्दै हिडिरहेको छ । त्यसैले तिम्रो त्यो छलकपट नगर्ने स्वभावले होला अदृश्य मायामा हामी सबैलाई हृदय भित्र अमृत छर्केर मानव जीवनलाई धन्य बनाउँन खोजिरहेको छ । बिस्तारैं सुद्धी दिलाउँनका लागि ऋतुहरूसँगैं पलपलमा मनका कामनाहरू हर्षले निदाउँन खोज्दैछन् । त्यसैले तिमी मेरो शक्ति हो । तिम्रैं भक्तिले यो भवसागर नमासेसम्म समयचक्र चलाइ रहने छ । युगौं–युगसम्म कहिले नथाक्ने गरी हाम्रो कल्पना भन्दा धेरै पर थुपै्र लिलाहरूमा आ–आफ्नै तौरतरीकाहरूलाई आत्मसाथ गर्दैछन् । त्यसैले तिमीले रचेको यो संसारभित्र तिमै्रं जालमा बाँचिरहेका हामी प्राणी हौं । तिमीले जस्तो खोज्छौं त्यस्तै हिँड्ने हामीहरू कतै कर्कलाको पानी जस्तैं बाँचेका छौं । दया गर अनि तिमीले अलिकता माया थपेर हेर, यो लोक लीलामा तिमीले नै रचेको ठूलो महाजाल छ । हामी त केवल दुई दिनको लागि न हो । तिमै्रं जालमा फसेर माया र मोहमा बाँच्दैछु । धन्य तिम्रो त्यो कस्तो लीला ? तिमी बिना यो संसारै शुन्य होला । मात्र तिमीले महाजाल फिजाएर किन ? सुथी भएपनि प्राणीजगतलाई बाँधी सुधा पिलाउँने किन कष्ट गरेको होला ?
यो देहभित्र सुख र शान्ति होस् भन्नाका लागि तिम्रो प्रवेशले आज यो मन हलुको भैरहेको छ । बिस्तारै बिस्तारै कसैलाई थाहा नदिएर पनि के मा हो कुनी अमृत पिलाएर प्राणीहरूलाई रक्षा गर्न खोज्दैछ । यो लोकमा मात्र होइन्, आँखाले देख्नै नसक्ने परलोकमा समेत सुख र शान्त प्राप्ती होस् भन्नाका लागि तिमै्रं महाजालमा हामीहरू सबै बाँचिरहेका छौं । त्यसैले यहाँ मेरो भन्नु कहाँ छ र ? सबै तिमै्र हो । तिमीभित्र प्राणीहरू सबै बाँचेर तिमीमा नै निदाउँनु छ ।
सबैको गरी देहभित्र प्रवेश
सबैमा सुधा छर्दछयौ सुस्त सुस्त
सबै लोकलीलाहरू भाँति भाँति
तिमीले रचेको वडो जाल बाँघी ।
यो जीवन कस्तो होला, जो निद्रा बिना पनि बाँच्न सक्ला ? त्यस्तो प्राणी कहाँ पाउन सक्ला, जो आफ्नो दुःखलाई बिर्सेर अर्काको लागि मात्र सेवा गर्ला ? त्यस्तो बस्तु कहाँ पाउन सक्ला, जो सबैको प्रिय बनेर बाँचिरहेको होला ? सत्यको बीऊ सधैं किन नपलाएको होला, जबसम्म झुठो खेती गर्ने मान्छेहरू यो संसारमा होला ? माया र मोहले हामीलाई किन भूलाएर स्वर्ग र नर्कको बाटो छुट्याउन नसकेको होला ? शत्रु कहाँबाट पलाउँछ होला ? आपत् र विपतमा मान्छे हाँसेर होला । त्यसैले मलाई आज किन हो कुन्नी यो जिन्दगी निद्रा र चिर निद्राको संगम लागिरहेछ । हाम्रो देहभित्र आत्मा भएर होला त्यो संगमको बाटो बिराउँन गा¥हो छ । लुट्नेले लुटेर के भो अलिकता जोगाएको धर्म बाँकी छ । भोका नाङ्गाहरूलाई उद्धार गर्नु मानवीय धर्म रहेछ । धन्य छ दैव, तिम्रो शरणमा हामी निदाउँन चाहन्छौं । आजसम्म बाँचिएर तिमै्र गुणगान गाइरहेछौं ।

प्रकासित मिति २०७७–१०–१५

फेसबुकबाट तपाईको प्रतिक्रिया