नियामक निकाय समक्ष सेयर लगानीकर्ता नयन्द्रको यस्ता छन् ९ सुझाव
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_741,h_494/https://businesspati.com/wp-content/uploads/2017/02/nayandra....jpg)
नयन्द्र बास्तोला
व्यवसायिक एवं पेशागत रुचीका कारणले विगत ६–७ बर्ष देखि सेयर बजारमा रम्दै आएका छन् नयन्द्र बास्तोला । यसरी सेयर बजारलाई आफनो पेशा व्यवसाय बनाएका नयन्द्रले यसै क्षेत्रमा आफनो सुन्दर भविष्य समेत बनाउन चाहन्छन् । र, उनले नेपालको सेयर बजारको भविष्य उज्वल रहेको पनि ठानेका छन । तर हालका महिनाहरुमा सेयर बजारमा देखिएका विकृति, विसंगती एवं असन्तुलनबाट उनी केही दिक्दार छन । फलस्वरुप उनले बिजनेसपाटी डटकम मार्फत सम्बन्धित निकायहरुलाई आफना केही सुझाव वा अनुरोध पेश गर्न चाहन्छन् ।
पढनुस् उनको सुझाव वा अनुरोध जस्ताको तस्तै ः
आजको राष्ट्रिय दैनिकी पत्रीकाहरुमा “बैकिङ तरलताले बडाएको जोखिम” भन्ने समाचार पढेपछि सम्बन्धित सरोकारवाला नियामक निकाय समक्ष केहि अनुरोध वा सुझाव लेख्न मन लाग्यो । फलस्वरुप सेयर बजारको साना लगानीकर्ताको हैसियतमा नियामक निकाय समक्ष मेरो
केहि सुझाव यस्ता छन् ।
१ नागरिक लगानी कोष र सन्चय कोषलाई प्रतिबद्धता गरे अनुरुप मार्केट मेकरको रुपमा काम गर्ने ब्यबस्था गरियोस ।
२ Onlinetrading को कार्य के कसरी अगाडि बडिरहेको छ र कति समय सम्ममा आमनेपाली जनताले प्रयोग गर्न पाउँछन् त्यो जानकारी गराइयोस ।
३ NRN हरुलाई सेयर बजारमा कारोबार गर्न दिनको लागि ब्यबस्था गर्न बनेको कार्यदलले के काम गरिरहेको छ र कहिले सम्म यो निष्कर्शमा पुग्छ?
४ जब ५० वटा broker को लाइसेन्स दिएको थियो त्यो बेला र अहिलेको सेयर मार्केटमा सन्लग्न जनसंख्या हेरि जति सक्दो छिटो नयाँ लाइसेन्स, हाल भएका broker लाई RWS र बाणिज्य बैंकहरुलाई broker को काम गर्न दिने ब्यबस्था गरियोस ।
५ ब्रोकर्हरु लाई एड्भाइजरीको ब्यवस्था र Marging landing को ब्यबस्था तुरुन्त गरियोस ।
६ तरलताको विषम अवस्था भएको अवस्थामा तत्का को लागि आवश्यकता हेरि IPO FPO र Right share issue गर्न थाती राखियोस
७ सेयर सम्बन्धि जनचेतनामूलक सामग्रीहरु रेडियो, टिभी, अनलाई पत्रिका र पत्रपत्रिकाहरुमा प्रशारन गरियोस जसले गर्दा अनावश्यक हल्लाहरु निरुत्साहित हुनेछ्न ।
८ धितोपत्रको दोश्रो बजार वा पुजिबजार देशको अर्थतन्त्रको मेरुदण्ड भएकाले सेयर बजार धोस्त बनाउन यहाँ धेरै ब्यक्ति बर्ग, समूह र बेला बेला परिवर्तन हुने नियामक निकायका ब्यक्तिले नसोची वा पुजिबजारलाई प्रयोग गर्न पल्केका ठुला खेलाडीहरुको आश्वासनमा परि उनीहरुको स्वार्थ अनुकुल बोल्दिनाले सेयर बजारमा धेरै असर पर्ने गरेको छ उदाहरणको लागि बिमा समितीको अध्यक्षलाई लिन सकिन्छ ।
९ आर्थिक पत्रकारिता जस्तो संबेदनसिल कुरालाई ख्याल नगरी विभिन्न बर्ग, क्षेत्रका ब्यक्तिको अभाव, दबाब र प्रभावमा परि समाचारहरु सम्प्रेषण हुने गरेकाले त्यस्ता कुराहरुलाई पनि बिचार गरियोस ।
माथी उल्लेखित कुराहरु तत्काल गर्न सकिएमा पुजीबजारलाई सिमित ब्यक्ति, सस्था र बर्गबाट छुट्कारा पाई साना लगानीकर्ता र यो देशमा बस्ने सबै नेपालीले आफ्नै देशको पुजीबजारमा सहभागी हुन पाउने थिए । दुरदराजमा बस्ने नेपालीको आयस्तर बढने थियो र समग्रमा नेपालको पुजीबजार अन्तर्राष्ट्रिय स्तरको भै विश्व समुदायले बिस्वास गर्ने अवस्था आउनेछ ।
अन्त्यमा धितोपत्र बोर्ड, अर्थमन्त्रालय र nepseमा रहेको नेतृत्वले कुलमान घिसिङ र उर्जा मन्त्रालयमा रहेको नेतृत्वले सबै देशबासीबाट धन्यवाद पाइरहेका छ्न त्यसरी धन्यवाद पाउने छ्न । यो धन्यवाद भन्दा ठूलो सिमित बर्ग समूह र ब्यक्तिबाट लिने मुनाफा अवश्य फरक हुनेछ भन्ने सोची आम नेपाली जनताको आवाजलाई कदर गर्न अनुरोध गर्दछु ।
( ब्यक्त विचार लेखकका निजी हुन )
प्रकाशित मिति २०७३-१० २८
फेसबुकबाट तपाईको प्रतिक्रिया