‘निरन्तरता र उत्कृष्ट रिजल्ट नै नोवल ऐकेडेमीको सफलताको राज’
उत्तम भौकाजी,
सञ्चालक/ स्कूल तथा प्लस–टु प्रमुख–नोवल ऐकेडेमी
१) नोवल एकेडेमीको अलिकति पृष्ठिभुमी र यसले विगतमा गरेको प्रगतीबारे बताइदिनुस न ?
नोवल एकेडेमी सन् १९९८ मा स्थापना गरेका हौ । स्कुल भन्दा पनि प्लसटुबाट हामीले यसलाई सुरु ग¥यौ । जतिखेर सरकारी मान्यताबाट प्राइभेट ऐजुकेशन स्थापना गर्ने सुरुवात हँुदैथियो । मलाई लाग्छ, सरकारले पनि त्यतिखेरैबाट निर्णय गरेको हो प्राइभेट ऐजुकेशन खुल्ला गर्ने । हामी ६ जना युवाहरुको टीमले पहिले ब्यवस्थापन संकायबाट सुरु गरौं । पहिलो बर्ष नै उलेख्य अर्थात ७७ जना विधार्थी भएका थिए । त्यसले नेपालमै बोर्ड फष्र्ट, सेकेन्ड र थर्ड गरेपछि ३ बर्षमै हाम्रोमा लगभग ३ सयको हाराहारीमा विधार्थीहरु भए । र, नोवल ऐकेडेमीलाई एउटा उचाइ दिन त्यतिखेर डा तारानाथ शर्मा सर प्रिन्सिपल हुनुहुन्थ्यो ।
त्यसपछी डा जयराज आचार्य सरले लगभग १० बर्ष जति प्रिन्सिपल भएर स्कुल हाँक्नु भयो । त्यसपछिको अवस्थामा प्लस–टु भएपछि स्कुलको अवधारणा आयो । स्कुल अनिवार्य रुपले चाहिने भन्ने कुरा आएपछि स्कुल पनि स्थापना ग¥यौ हामीले । स्कुल स्थापनापछीका दिनहरुमा नोवल ऐकेडेमी आज १९ बर्षमा प्रवेश गरेको छ । यो बीचमा हामीले प्लटुलाई पनि अपगे्रड गरेर ब्याचलर लेभलमा सेवाहरु दिइरहेका छौ । हामीले साइन्स र म्यानेजमेन्टको ८ ओटा प्रोग्राम गराउँदै आएका छौ ।
पछिल्लो चरणमा विगत ४–५ बर्षयता हामीले नोवल अस्पताल भनेर सिनामंगलमा सञ्चालन गरेका छौ । हामीले स्वास्थ्य र शिक्षालाई सँगसँगै लगेका छौ । किनभने जनताकोे आधारभुत आवश्यकता भनेको शिक्षा र स्वास्थ्य नै हो । हामीले सम्झनु पर्दाखेरीका कुराहरुमा यहाँबाट उल्लेख्य सङख्यामा दिक्षित भएर गएका विधार्थीहरु अहिले योग्य जनशक्तिको रुपमा देशभरी काम गरिरहेका छन । जस्तो हेल्थको कुरा मैले अघि पनि गरेँ । विभिन्न हस्पिटलहरुदेखि लिएर विभिन्न क्षेत्रहरुमा हाम्रा विधार्थीहरु अहिले रोजगार छन् भने धेरै विधार्थीहरु उच्च शिक्षाका लागि बाहिर गएर पढने अवसरहरु पनि पाएका छन् । छात्रवृत्ति पनि धेरैले विदेश गएर पाएका छन् । यसरी नोवललाई चिनाउने काम गरेका छन् । त्यसदेखि बाहेक देश भित्र पनि धेरै क्षेत्रहरुमा हाम्रा विधार्थीहरु राष्ट्र सेवकको रुपमा काम गरिरहेका छन् ।
२) नोवल एउटा ब्राण्डकै रुपमा विकसित भएको देखिन्छ । नोवल स्कुल, कलेज अरु भन्दा के कुरामा भिन्न छ । यस संस्थाको खास विशेषता के हुन् ?
पहिलो त यसको इतिहास नै हो । जस्तो १९ बर्षदेखि निरन्तर शिक्षा क्षेत्रमा नै अनवरत रुपमा लागेको छ । अर्को अहिले धेरै कलेजहरु लामो समयसम्म नटिक्ने, टुक्रा–टुक्रा र भिन्न–भिन्न हुने, विभिन्न अस्वथ्य प्रतिस्पर्धाबाट गुज्रने गरेका हामी पाउँछौ । तर नोवल त्यसबाट अलिकता टाढा छ । किनभने आफनै जुन गतीमा यो गइरहेको छ त्यसैमा यो निरन्तर रुपमा लागिरहेको छ । निरन्तरता नै यसको एउटा ठुलो पूँजी हो भन्ने लाग्छ । अर्को लोकेशनको हिसावले पनि नोवल ऐकेडेमी अत्यन्त सेन्टर ठाउँमा छ । राजधानीको केन्द्रविन्दु वानेश्वर ऐजुकेशनको हब नै भन्दा हुन्छ, जहाँ नोवल छ । यसैगरी नोवलको रिजल्टका कुराहरुले पनि यसप्रति सबैको आर्कषण बढाएको छ । रिजल्ट पनि उल्लेख्य मात्रामा राम्रो रिजल्टहरु आएका छन । स्कुलिङदेखि एसएलसीको प्रत्येक बर्ष सतप्रतिशत रिजल्ट त्यसमा पनि डिस्टिङसन होल्डरहरु धेरै । प्लसटुसम्मकै रिजल्ट पनि ९० प्रतिशत भन्दा बढी आइरहेको अवस्थामा नोवल प्रति सबैको आर्कषण हुनु स्वभाविक हो । थप केपनि छ भने हामीसँग ल्यावहरुदेखि लिएर लाइभेरीहरु, आधुनिक भौतिक संरचनाहरु जस्तो भुकम्प प्रतिरोधी भौतिक संरचनाको अपडेट पनि गरेका छौ । पछिल्लो चरणमा हामीले इ–क्लास पनि सञ्चालन गरेका छौ । विस्तारै इ–बुकहरुमा पनि जाने साेंचमा छौ । विभिन्न हिसावले हामीले आफुलाई अपडेट गरेर लानु नै यसको आर्कषक पक्ष हो जस्तो मलाइ लाग्छ ।
३) नोवल ऐकेडेमीको सफलताको राज चाँही के हो ?
कुनै पनि कार्य गर्दाखेरी निरन्तरता भयो भने सफलताले चुम्छ जस्तो लाग्छ मलाई । किनभने कुनैपनि व्यवसायमा त्यस्तो पनि अवस्था आउनसक्छ जसबाट नडराइकन निरन्तरता दिन सकियो भने व्यवसायमा सफलता हासिल गर्न सकिन्छ । जस्तो हामीले बिचमा यो प्रोफेसन चेन्ज गरेर यो गर्ने वा त्यो गर्ने गरेको भए हामीलाई वास्तम्वमा असफलता हात लाग्थ्यो होला । तर हामीले जेसुकै होस् कुनै बर्ष विधार्थी कम पनि भयो होला । कुनै बर्ष बढी पनि भयो होला । तरपनि हामीले यसलाई निरन्तरता दिइ नै रह्यौ । यसरी नोवलको निरन्तरता नै यसको सफलताको राज हो । र, अर्को पार्टमा भन्दाखेरी नोवल ऐकेडेमीले व्यवसायिक भन्दापनि सेवामुलक कामहरु गरेको छ जस्तो लाग्छ । हुन त अहिले बजारमा धेरै महंगा–महंगा स्कुलहरु पनि खुले पैसाका लागि । तर हाम्रो प्राथमिकता भनेको गरिव तथा जेहेन्दारहरु विधार्थीहरु नै हुन् । ७५ जिल्लाकै विधार्थीहरुको आर्कषण यहाँ बनेको छ । किनभने होला, पैसा तिर्न नसक्ने कति मान्छेहरु हुन्छन् । नोवलमा त छात्रवृत्ति विना त कोही पनि पढेकै छैनन् । एकदमै कमले मात्रै फुल पैसा तिरेर पढेका छन । हामीहरुले उनीहरुको आर्थिक अवस्था हेरेर, उनीहरुको केही भावनाहरु बुझेर त्यो अनुसार आफुलाई हामीले ढालेका छौ । पैसाका लागि मात्र हामीले यो सञ्चालन गरेका होइनौ । हामीलाई पनि एकदमै गाह«ो छ । तरपनि हामी खुशी यस मानेमा छौ की विधार्थीहरुले भविष्यमा सक्षम र सफल भएभने उनीहरुको नाम रहनु भनेको नोवलको पनि एउटा इज्यत हो । त्यही सम्झेर हामीले सेवामुलक तवरले विधालय चलाएका छौ ।
४) सामाजिक उत्तरदायित्व अन्र्तगत नोवलले के गर्दै आइरहेको छ ?
हामीले समाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेका छौ । खासगरी हामीले नोवल हस्पिटल मार्फत ब्यापक रुपमा सामाजिक कामहरु गरिरहेका छौ । हेल्थ क्याम्पहरु विभिन्न जिल्लाहरुमा लगेर हामीले काम गरिरहेका छौ । नोवल अस्पतालका हाम्रै डाक्टरहरु लगेर काम गरिरहेका छौ । त्यसदेखि बाहेक महाभुकम्पमा हामीले एउटा अभियान नै चलाएर विभिन्न जिल्लाहरुमा खाद्यन्यहरु लगेर वितरण ग¥यौ । त्यसदेखि बाहेक हामीले स्कुलहरुबाट जस्तो चेपाङहरुको बस्तीहरुमा लत्ताकपडाहरु बाँड्नेदेखि लिएर त्यस्ता धेरै सामाजिक काममा हामी अग्रसर भइरहेका छौ । विधार्थीहरुलाई एक्पोजरका कुराहरुमा पनि हामीले सिकाउने गरेका छौ ।
५) नोवल एकेडेमीबाट शिक्षा लिएकाहरु नेपाली बजारमै चाँही के–कस्तो प्रगती गरेका छन् ?
नेपाली बजारमा हाम्रा विधार्थीहरुले राम्रा वित्तिय संस्थाहरुदेखि लिएर हस्पिटल, सरकारी सेवामा, हाम्रोबाट प्लसटु सकेर गएकाहरु इन्जिनियरीङमा, डक्टरहरुमा पनि उत्तिकै सफल देखिन्छन् । जे भए पनि धेरै विधार्थीहरु छात्रवृत्तिमा पढेर पनि टप गरेका विधार्थीहरु छन् । त्यो हिसावले हेर्दाखेरी नोवलका विधार्थीहरुलाई उल्लेखनीय सफलता प्राप्त भएको जस्तो मलाइ लाग्छ । किनभने उनीहरुको फिडब्याक बुझ्दाखेरी पनि नोवल ऐकेडमीको विधार्थी भन्नासाथ उनीहरुले अलिकति विशेष रुपमा मान्यता दिएको अवस्था भेटिएका छन । नर्सिङकै कुरागर्दा इन्र्टन गर्न जाँदा अन्यत्रको विधार्थी भन्दा नोवलको एक्ट्रा भन्ने आएको छ । त्यसले गर्दाखेरी मार्केटमा जति पनि गए ती विधार्थीहरुले नोवलको गरिमालाई जोगाउने काम गरेका छन् ।
६) अन्तमा, बिजनेसपाटी डटकमका पाठकबृन्दहरुलाई केही सन्देश छन् की ?
नोवल ऐकेडेमीमा अहिले भर्नाको सिजन छ । स्कुल छान्ने कुरामा दोधारमा हुनुहुन्छ कतिपय । अहिले के छ भने बाउआमाहरु पनि धेरै व्यस्थ हुनुहुन्छ । धेरैलाई मेरो छोरो फष्र्ट आउँछ भन्ने पनि छ । त्यो भन्दा पनि महत्वपूर्ण के हुनुपर्छ भने बच्चामा शिक्षाबाट कत्तिको परिवर्तन आएको छ । बच्चामा बास्तम्वमा पहिले भन्दा परिवर्तन छ की छैन ? त्यो पार्ट महत्वपूर्ण हो जस्तो लाग्छ सटिफिकेट भन्दा नि । सर्टिफिकेट जतिले फष्र्ट, सेकेन्ड लिएर आएपनि उसले सामान्य केही पनि गर्न जानेन भने त्यो सर्टिफिकेटको के अर्थ ? अहिले पछिल्लो चरणमा यसलाई व्यवसायको रुपमा महगो–महगो पैसा तिरेर पढाउँदैमा राम्रो शिक्षा हासिल हुन्छ जस्तो मलाइ लाग्दैन तर कुरा के छ भने सही शिक्षा दिनुपर्छ । त्यो छान्नु पनि पर्छ । त्यो उहाँहरुको अधिकारको कुरा हो । छान्दाखेरी धेरै कुराहरु मुल्याङकन गर्नुहोला । भोली बच्चाको भविष्य सुनिश्चित छ की छैन ? ती कुराहरु विचार गरेर मात्र बच्चाको स्कुल भर्ना गर्नुभयो भने भोलीको दिनमा बच्चाको सुनिश्चित भविष्य हुन सक्दछ ।
प्रस्तुती रिसव गौतम
प्रकासित मिति २०७३–१२–१३
फेसबुकबाट तपाईको प्रतिक्रिया