निर्माण सुरु भएको ३१ वर्षपछि परीक्षण उडान

काठमाडौँ १ फागुन

निर्माण सुरु भएको ३१ वर्षपछि कोटवाडास्थित सुनथराली विमानस्थलमा शनिवार परीक्षण उडान भएको छ । धावनमार्गको काम सकिएपछि तारा एयरको नाइन एन एवीएम नं को टुनवेटर विमान विहान ११ बजे अवतरण गरेको हो । कान्तिपुर दैनिकमा समाचार छ। वरिष्ठ क्याप्टेन सन्तोष शाहले परिक्षण उडान गरेका थिए । विमानस्थलको लोकेशन हेर्न क्याप्टेन शाहसहित संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनबहादुर शाहीसहितको टोली साताअघि हेलिकप्टरमा कोटवाडा पुगेर फर्किएको थियो । विमान हेर्न यहाँका लालु, माल्कोट, रुप्सा, कुमालगाउ, कोटवाडा, रकुसहितका आसपासका गाविसबाट ५ हजार बढी स्थानीय कोटवाडा पुगे । महिला लालाबाचा च्यापेर आएका थिए, बृद्धबृद्धा लठ्ठी टेक्दै विमानस्थल पुगे । स्थानीयले वर्षौदेखिको जहाज सपना पुरा भएपछि पाइटलसहितको टीमलाई बाजागाजाले स्वागत गरे । स्थानीय हुडे नाच देखाए । देउडा खेलेर रमाइलो पनि गरे । कोटवाडामा विमान अवरण भएपछि स्थानीय हर्षित छन् । ‘चिलगाडी (जहाज) आउछ भनेर सुनथरालीको पाखो खन्न थालेको ३१ वर्ष भयो,’ कोटवाडा ३ का ४४ वर्षीय मानवहादुर विष्टले खुशी हुदै भने, ‘बल्ल आज आफ्नै ठाउँमा बसेको देख्न पाइयो ।’ –

फेसबुकबाट तपाईको प्रतिक्रिया