निर्वाचनको मिति चाँडै : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ४ माघ 

प्रधानमन्त्री प्रचण्डले निर्वाचनको मिति चाँडै घोषणा हुने बताएका छन् । संयुक्त अरब इमिरेटस (यूएई) को ४ दिने भ्रमणबाट मंगलबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीले निर्वाचनको मिति तत्काल घोषणा हुने बताएका हुन् ।

‘सरकार सबै पक्षको सहमति जुटाएर निर्वाचनको मिति चाँडै घोषणा गर्ने तयारीमा जुटेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मुलुकको आवश्यकता र चाहनालाई सम्बोधन गर्दै सरकारले निर्वाचनको मिति तय गर्दछ ।’ प्रधानमन्त्रीले सबै पक्षको सहमति जुटाएर निर्वाचनको मिति घोषणा गर्ने प्रष्ट पारे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया