नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद थपियो

काठमाडौँ, फागुन २८ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरिएको छ ।
इन्स्योरेन्स कम्पनीले हाल कायम गरेको ४ कित्ता शेयर बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो ।
यस अनुसार इन्स्योरेन्सले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ।
यसअघि हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्स कम्पनीले गत माघ १८ गते नै बुकक्लोज गरिसकेको थियो। यस अनुसार माघ १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको हकप्रद शेयरमा आगामी चैत १४ गतेसम्म आवेदन दिन सकिने भनिएको छ। हकप्रद शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्स कम्पनीलाई आईआरएन सिंगल ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।
यसैगरी इच्छुक शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै नेको इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत पनि आवेदन पाउन व्यवस्था गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया