नेट सेट गो फोनपे बिल्सबाट इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट
काठमाडौं ९ पुस २०८१-फोनपेले आफ्नो अभियान नेट सेट गो’ सार्वजनिक गर्दै इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट जित्ने अवसर प्रदान गरेको छ। यस अभियानको उद्देश्य ग्राहकहरूलाई डिजिटल भुक्तानी प्रणालीमा प्रोत्साहन दिनु हो। ग्राहकहरूले मोबाइल बैंकिङ एपको फोनपे बिल्सबाट कम्तिमा ३ महिना इन्टरनेट बिल भुक्तानी गर्नु पर्नेछ।
यस अभियानको अवधि पौष २९, २०८१ सम्म हुनेछ। लक्की ड्रा मार्फत विजेताहरूको चयन गरिनेछ, र ५ भाग्यशाली विजेताले १ वर्षको निःशुल्क इन्टरनेट प्राप्त गर्नेछन्। यस अभियानले ग्राहकहरूको भुक्तानी प्रक्रिया सरल र आकर्षक बनाउन र डिजिटल भुक्तानीको महत्त्वलाई प्रोत्साहित गर्नको लागि आयोजना गरेको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया