नेताका प्रतिनिधि छानौं

नन्दलाल खरेल

जनताका जनप्रतिनिधि होइन,
नेताका प्रतिनिधि छानौं ।

आदर्श त्याग निष्ठाका होइन,
दलाल, माफिया भ्रष्ट चुनौ ।

हिजो राज्य कोषको अबौं सिद्धाउने,
फेरी पनि अब उनैलाई चुनौं ।

अप्राकृतिक सांठगाठ गरेर आएकालाई
नेताको निर्देशनमा ढ्वाङ्मा मत खसालौं ।

वैज्ञानिक समाजवाद भन्दै अघि वढेकालाई
स्थानीय चुनावमा अत्याधिक बहुमतले चुनौं ।

प्रतिगमनको उद्देश्यले अघि बढेकालाई,
यसपाली सकेसम्म पहिलो बनाऔं ।

नेताका नजिकका नातेदार सबैलाई,
सकेसम्म सबै निवार्चन क्षेत्रबाट जिताऔं ।

नेताको टिके प्रथाको अन्त्य होइन ,
अझ यसलाई मजबुत ढंगले बढाऔं ।

साम दाम दण्ड भेद कमजोर नबनाई,
चुनाव जित्न सबै नीतिको प्रयोग गरौं ।

ईश्वररुपी जनता जर्नादन,
चुनावपछि पुर्पुरोमा हात नलगाऔं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया