नेपालका ३५० प्राइभेट हस्पिटलले गर्न नसकेको काम ३ बर्षमा ग्रिनसिटी हस्पिटलले गरेर देखायो ।

अध्यक्ष : लोकबहादुर टण्डन
ग्रीनसिटी हस्पिटल

१) ग्रिनसिटी हस्पिटल कस्तो हस्पिटल हो ? यसका विशेषता के छन ?

यो वास्तवमा प्राइबेट सेक्टरबाट खोलीएको हस्पिटल हो । यसलाइ पहिले नामकरण गर्ने क्रममा हामीले हाम्रो ५ सय भन्दा बढि विधार्थीहरुलाई जसले राम्रो नाम ल्याउन सक्छ, उसलाई ५ हजार पुरस्कार भनेर मैले प्रस्ताब राखेको थिए । धेरै जना विधार्थीबाट धेरै थरिका नामहरु आए, त्यसमध्ये हामीलाई अलिकति मन परेको नाम ग्रिनसिटी लाग्यो । त्यसपछी यो हस्पिटलको नाम ग्रिनसिटी राख्ने मनस्थिती बन्यो । यो हस्पिटल २०६९ साल भदौ १५ गतेबाट हामिले विशुद्ध कुनै ब्यक्तिको जग्गा भाडामा लिएर खोलेका हौ ।

२) यसको टीममा कति जना हुनुहुन्छ ?green-city-hospital-main-building

यसको टीममा अहिले लगानीकर्ताकै हिसाबले भन्यौ भने ३२ जना जति छौ । तर यसमा त्यतिले मात्र भएको छैन । हामीले यसलाइ नेपालकै नमुना हस्पिटलको रुपमा लिने एउटा जुन प्रतिबद्धता राखेका थियौ । मैले त्यहि अनुसार त्यसलाई अहिले एन.आर.एनको टीम अमेरिका, अष्ट्रेलिया, हङकङ, युके गरि विभिन्न देशहरुसँग जोडेर यसलाइ नेपालको नमुना हस्पिटलको रुपमा लैजाने तयारी गरिरहेका छौ । यसमा लगानी गर्नेहरुको संख्या अझ बढ्ने सम्भावना रहेको छ ।

३. कति जति छ लागानी भएको छ हालसम्म ?

यसमा अहिले हाम्रो चुक्ता पुँजी १४ करोड भाडाको विल्डिङमा लगाइरहेका छौ । अ‍ैले हामीले हस्पिटलसंग जोडिएको उत्तर तिरको मेघा पाटि प्यालेश भनेर चलिरहेको छ त्यसमा हामीले चार रोपनी पाँच आना किनेका छौ । त्यो जग्गा पास खर्च सहित २८ करोड पर्छ । जग्गा र हस्पिटलको लगानी गरेर करिब ४२ करोड हुन गइरहेको छ ।

४. अरु हस्पिटलको माझमो ग्रिनसिटी हस्पिटलबिच कस्तो भिन्नता पाउन सकिन्छ ?

यो चाँही बास्तबमा आफुले भन्नु भन्दा पनि जसले सेवा लिइरहनु भएको छ उहाँहरुलाई थाहा हुन्छ जस्तो लाग्छ । नेपालमा खोलिएका ३५० प्राइभेट सेक्टरका हस्पिटलहरु छन् जहाँ ३५० प्राइभेट हस्पिटलले गर्न नसकेको काम ३ बर्षको अवधिमा ग्रिनसिटी हस्पिटलले गरेर देखाएको छ । त्यसको लागि ग्रिनसिटी हस्पिटलको वयब साइड र पेज लगइन गरेर हेर्दा सबै कुरा बुझ्न र देख्न सकिन्छ । तर कहिलेकाँही ब्यक्तिहरु बिच बुझ्नको लागि म आफै पनि प्यासेन्ट बनेर भिजीटरहरुसंग ग्रिनसिटी हस्पिटल कस्तो छ भनेर सोध्दा समग्र राम्रो छ भनेर भन्नु हुन्छ । ग्रिनसिटिको अरु हस्पिटलसँग तुलना गर्नु भन्दा पनि हामीले सेवा मानिसलाइ दिने हो । मानिसलाइ सेवा दिनेछौ भने पुन फर्केर सेवा लिन ग्रिनसिटी हस्पिटलमै आउनुहुन्छ भन्ने हामीलाइ लाग्छ ।

५. यहाँ उपचार गर्न आउने बिरामी धान्ने क्यापासिटी कति छ ?

अ‍ैले हाम्रो नेपाल सरकारबाट एक सय वाड बेड भनेको छ तर भबिष्यमा दुई सय वटा बेड बनाउने भन्नेछ । अ‍ैले भनेको सयवटा बेडको क्यापासिटी नै हो ।

६. यस हस्पिटलले कुन कुन रोग उपचारका लागि समेटेको छ त ?

यहाँ बिभिन्न थरिका बिरामीहरु आउनुहुन्छ । हामीले यसलाइ एउटै थरिका बिरामी भनेर अरु बिरामीहरुलाइ गाह्रो पर्ने, त्यसो हुनाले हामीले सबै रोगको निवारण हुने किसिमले यसलाइ ओभर होल्डमा राखेका छौ । सुरुमा त यसलाइ ट्रमा सेन्टर भनेर खोल्यौ । त्यसपछि ओपन हट सर्जरीका रुपमा पुग्यौ । अ‍ैले सबै अप्रेशन हुन्छ भन्ने कुरा यहाँ म जानकारी गराउन चाहन्छु । बस्तुत सेवा भन्ने कुरा दाँत दुखेकालाइ सेवा गर्दा दाँत सम्बन्धिकै डाक्टर चाहियो । कान,नाक दुखेकोलाइ पनि सम्बन्धित डक्टर नै चाहियो । त्यसकारणले गर्दा हामीसँग सबै सेक्टरको डाक्टरहरु हुनुहुन्छ ।

७.यहाँ कार्यरत डक्टरहरु कतिको अनुभवी र ब्यवसायिक हुनुहुन्छ ?

डाक्टर विधामा पढिसकेपछि बिरामीलाइ राम्रो पार्न पाए हुन्थ्यो भन्ने जो कसैलाइ पनि हुन्छ । त्यो हुनाले मैले विशेष गरि हाम्रो डाक्टरहरुको टिममा एकदम राम्रो छ भन्छु । कुनै पनि बिरामीहरुले उपचार गरेको खण्डमा ग्रिनसिटीका डक्टरहरु राम्रो छैनन् है भन्ने कुराको सन्देश यो ३ बर्ष देखि लगभग ४ बर्ष लाग्यो मैले पाएको छैन ।

८. हस्पिटल सफलतातर्फ उन्मुख छ । तपाइहरुले सामाजिक सक्र्रियतामा पनि जोड दिनुभएको छ । पछिल्ला सक्रियताबारे बताइदिनुस न ?

एउटा कुरा के छ भने मैले अघिल्लो कार्यक्रममा पनि भन्दै आएको छु । काम गर्ने फलको आशा राख्ने ब्यक्ति म होइन । तर पनि आफुले काम गदै जाँदा समाजमा थाहा हुदो रहेछ । कुनै ठाउँमा मैले अवाड पनि पाइसकेको छु । सम्मानको लागि बोलाउनु भयो । उहाँहरुलाइ म धेरै धेरै धन्यबाद दिन चाहान्छु । काम गरेको मुल्याङकन हुँदो रहेछ भन्ने मैले देखेँ । हामीले सोसल वर्क गरेको कुरा सरसरर्ती भन्नु पर्दा म २०७० सालमा बुटवलतिर गएको थिँए । एउटा पत्रिका मेरो टेबुलमा आयो । मेरो घर पश्चिम गुल्मी हो । बुटवल गएको बेला बुटवल टुडेमा एउटा न्युज आयो । ‘मलद्धार नभएको बालिका उपचारबाट बञ्चित’ भनेर न्युजको हेडलाइन देखेर सबै न्युज पढँे र मलाइ छोयो । त्यो मान्छेलाइ मैले फ्रिमा उपचार गर्न पाउनु पर्छ भनेर भने । मैले काठमाण्डौमा ग्रिनसिटी हस्पिटल खोलेको गुल्मिका मेरा साथिहरुलाइ पनि थाहा थिएन । संघ संस्थामा पैसा उठाएर बुटवलको आम्दा हस्पिटलमा एक लाख चालिस हजार उठाएर अप्रेशन गर्ने तयारीमा हुनुहुदो रहेछ । बिशुद्ध एकदम गरिव परिवार रुपन्देही देबदह गाबिसमा उहाँहरुको घर पद्र्धोरहेछ । लोकमाया सुनुवार नाम गरेकी बच्चि नौ महिनाबाट दिशा गर्ने ठाँउ नभएको । त्यो समचार पढीसकेपछि जसले पैसा उठाइरहेको छ उहाँहरुलाइ के भने भने तपाइहरु त्यो पैसा बच्चिको नाउँमा खाता खोलेर राखिदीनुहोस् । मैले काठमाण्डौमा राम्रो ग्रिनसिटी हस्पिटल खोलेको छु ।
greentiy
काठमाण्डौमा खोलेको ग्रिनसिटी हस्पिटलमा त्यो बच्चा लिएर आउनुहोस म फ्रिमा उपचार गरिदिन्छु भनेर मैले एउटा प्रतिवद्धता गरेँ । उहाँहरुलाई विश्वास लागेन उहाँहरु हेर्न आउनु भयो । मैले डक्टरसँग भेटाए, कुरा राखे बिश्वास गर्नुभयो । त्यो बच्चालाइ उपचार गर्नका लागि पठाउनु भयो । अप्रेशन गरि हामिले पठायौ । त्यही न्युज मिडियाहरुमा जाँदा वखलढुङ्गा पोखरी गाबिस बडा नं ४ मा १३ बर्ष सम्म पेटमा दिशा राखेर बसेकी लिला बिकको पनि त्यस्तै न्युज आयो कान्तिपुरमा । तिनलाई पनि मैले बोलाएर काठमाण्डौबाट फ्रि मै औषधी गर्ने मौका पाए । मौका पाए अझै पनि त्यस्तै फ्रिमै उपचारहरु गर्ने मेरो प्रतिबद्धताहरु छन् । १३ बर्ष देखि पेटमा दिशा बोकेर बसेकी बच्चिको उपचार गरि पेटबाट ८ किलो दिशा निकाली अ‍ैले तिनको भबिष्य राम्रो भैराखेको छ । सोसल वर्कमा ग्रिनसिटीले धेरै कार्यक्रमहरु गरिरहेको छ । बागमती सफाइमा पनि जाने गरेका छौ । घर दैलो फोहोर नफाल्ने कार्यक्रममा पनि लागेका छौ । त्यहि कार्यक्रममा हिँड्दा कुपनडोलमा सन्तुमुखिया भन्ने श्र्रीमान श्र्रीमती दुवै अन्धा हुनुहुदो रैछ । उनबाट जन्मिएको छोरी कोरिएन कुनै संस्थाले पढ्न दिएको र उनिहरु घर बाहिर गोडा सुन्नाएर बसेको देखेर के भयो भनि सोध्दा औषधी गर्ने पैसा नभएर त्यतिकै बसेको भनेको सुन्नासाथ मैले तुरुन्त ग्रिनसिटीको एम्बुुलेन्समा हालेर सन्तुमुखियालाइ मैले ग्रिनसिटीमा १५ दिन सम्म सिटी भि एस सम्म गरेर सञ्चो बनाएर पठाए । कारण के त भने आखाँ नभएपछि काम गर्न नसकेपनि मागेर खान सजिलो होस् भनेर पनि त्यसो गरेका हौ । ग्रिनसिटी भित्र १८ ओटा ओपन हर्ट सजरीमा १२ ओटा त फ्रिमै गरेका छौ । धादिङ र लमजुङको दुइजना, कालिकोटको दश जना गरी १२ जनालाइ ओपन हर्ट सर्जरी फ्रिमै गरेका छौ । सोसल कार्य जारी नै रहेको छ ।
९. ग्रिनसिटी हस्पिटल कतिको महङगो छ त ?

हामीले अस्ति भर्खर मात्र काखिमुनीबाट ओपन हट सर्जरी गरेर नयाँ कार्य ग्रिनसिटी हस्पिटलमा भित्राएका छौ । पश्चिमको पर्बत जिल्लामा जन्मनु भएको डा अनिल भट्राई उहाँले ३७ बर्षको उमेरमा यो काम गरेर नेपालमा चकित बनाइदिनुभएको छ । जुन भर्खर युरोप अमेरिका भित्र भित्रिएको टेक्नोलोजी नेपालमा भित्रियो । ग्रिनसिटीले ३ पुगेर ४ लाग्दाको समयमा यो खालको काम गरेर देखाइदिएको छ । नेपालमा हुने सेवा नेपालमै लिउ र नहुने सेवा भए मात्र अन्त जाउँ । ससाङक कोइरालालाइ पनि यहि काठमाण्डौमै भएको कुनै हस्पिटलले बचायो । त्यस्तो बचाउने ब्यक्ति र हस्पिटल हुँदाहुदै यहाँबाट उछीटिएर मरिन्छ कि भन्दै इन्डिया वा अन्त कतै जानु पर्ने देखिदैन । सम्पुर्ण पाठक बगर्, सम्पुर्ण नेपाली दाजुभाइ आफन्तहरुमा नेपालको पैसा नेपालमै खर्च गरौं । यहाँ वर्ग भन्दा पनि धनि, गरिब एकदम गरिव पनि आएर अट्न सक्छन । किनकी एकदम गरिव महिलाहरुलाइ पाठेघर समस्या सम्बन्धि त फ्रिमै गरिरहेका छौ । जुन यहाँ आएर डाटा हेर्न पनि सक्नुहुन्छ । ग्रिनसिटी हस्पिटल भनेको सबै सेक्टरलाइ समेट्न सक्ने हस्पिटल हो । यहाँ आएर सेवा लिन सक्नुहुन्छ ।

१०. ब्यक्तिगत रुपमा पनि तपाई समाजसेवी हुनुहुन्छ । अव व्यवसाय र समाज सेवालाई कसरी अगाडी बढाउनुहुन्छ ?

कामले काम सिकाउँदो रहेछ । काम सिकेर नसकिने रहेछ । पढेर पनि नसकिने रहेछ । यो कुरा मैले विभिन्न ठाउँमा देखेर सिकेको छु । राम्रो कुरा जसले जसको सिके पनि हुँन्छ । नराम्रो कुरालाइ डिलीट गरिदिने हो भने अबश्य सफल भइन्छ भन्ने हो । म बच्चा देखिनै सामाजीक कार्यमा लाग्ने खालको थिँए । बाटो ,मन्दिर, पधेरो सफा गर्ने बनाउने कार्यमा सहयोग गर्थे । हस्पिटल खोलीसकेपछि यहाँ निर केहि गनुपर्छ भन्ने मनले भन्यो र सोसल काममा ध्यान दिदै गइरहेको छु । ध्यान दिदै जानेछु । मैले अ‍ैले पनि भनेको छु महिनामा २ वा ३ अप्रेशन फ्रिमा निकालिदीन्छु ।

११. अन्तमा, के भन्न चाहानुहुन्छ ?

ग्रिनसिटी हस्पिटलको कार्ययोजना राम्रा छन् । ग्रिनसिटी हस्पिटलको भित्र बाहिर तिर बडापत्र राखिएको छ । गरिवदेखि धनिसम्मका ब्यक्तिले बडापत्र हेरेर आफ्नो सेवा लिन सक्नुहुन्छ । ग्रिनसिटी हस्पिटल भित्र सेवा लिन आउँदा ढुक्क भएर आउनुहोस् । कुनै पनि किसिमको कमि कमजोरी हुदैन । किनभने २४ घण्टा नै म हस्पिटल भित्र रहेको हुन्छु । मैले के भन्न चाहन्छु भने मैले आफ्नो मोवाइल नम्बर सार्बजानीक फेस बुक पेजमा र बाहिर फ्याक्ने गरेको छु । ग्रिनसिटीको चेयर मेनको नम्बर पाइन्न भनेर नभन्दा हुन्छ । म जुनसुकै बेला फोन उठाउन तयार छु । सबैले यहि उपचार गर्नुस् त म भन्दिन तर सल्लाह चाहि म फिरीमा दिनेछु । मेरो मोबाइल नं ९८५११५३४९५ हो । जुनसुकै समयमा फोन गर्न सक्नुहुन्छ । तपाइको विजनेसपाटी अनलाइनले यो अवसर दियो आफनो कुरा राख्ने धेरै धेरै धन्यवाद छ ।
प्रस्तुती रिसव गौतम

प्रकासित मिति २०७३-५-३१

फेसबुकबाट तपाईको प्रतिक्रिया