नेपालको पर्यटन प्रवर्धन अभियानमा अस्ट्रेलियामा देशप्रेमी युवाहरु जुट्दै

अरुण गौतम,
सिड्नी २९ मंसिर 
अष्ट्रेलियामा देशप्रति केही गर्छु भन्ने युवाहरु एक भएर नेपाल चिनाउने अभियानमा लागिपरेका छन् । ‘प्लान योर नेक्सट होलिडे ईन नेपाल’ भन्दै यो अभियानमा अध्ययनको लागी अष्ट्रेलिया पुगेको बिद्यार्थीहरुको समुह “जय नेपाल फाउण्डेशन र नेपाली युथ फोरम” अष्ट्रेलियाले थालेका छन । अभियान मार्फत नेपालको पर्यटन पर्बद्धनका लागी बिभिन्न कार्यक्रमहरु गर्ने उनीहरुको योजना रहेको छ । पहिलो चरणको कार्यक्रममा नेपालको पर्यटकीय स्थलको तस्विरहर बुद्ध सगरमाथा, कुमारी,लुम्बिनी,एक सिँगे गैँडा र अन्य महत्वपूर्ण अंकित स्टिकर आफ्ना कारमा टाँसेर अभियानको शुरुवात गरेका छन ।s1
नेपालबारे बिदेशीलाई चिनाउने र नेपालको पर्यटन पर्बद्धनमा टेवा पुर्‍याउने अभियान स्वरुप तयार भएका स्टिकर मार्फत नेपाल जाऔं भन्ने भन्ने सन्देश दिन ‘प्लान योर नेक्स्ट होलिडे ईन नेपाल’ भन्ने सन्देश राखेका छन । कारको पछाडीको सिसामा टाँसेका स्टिकरले दैनिक आफु ओहोरदोहोर गर्ने र पार्किङ गरिएको स्थानका बिदेशी नागरिकलाई नेपालबारे जानकारी हुने र नेपाल भ्रमणका लागी उत्प्रेरकको काम गर्ने उनीहरुको दाबी छ । यसलाई अझै व्यपाक बनाउन जेनवरी ७ को दिन स्टिकर टाँसिएका कारहरु सहित अभियानकै रुपमा सिड्नीका ब्यस्त शहरहरुमा परिक्रमा गर्ने उनिहरुको कार्यक्रम छ । यस बाहेक केही फन्डरेजिंग कार्यक्रम गरेर सिड्नीमा गुड्ने सार्वजानिक यातायातका साधनमा समेत यस्तै स्टिकर टाँसेर नेपाल चिनाउने अभियान चलाउने अभियन्ता बिष्णु सापकोटाले जानकारी दिए ।
नेपालको पर्यटन बिकासका लागि आफुहरुले नेपालबारे जानकारी दिने र बिदेशीलाई नेपाल बुद्ध, र सगरमाथाको देश हो, नेपालमा घुम्नैपर्ने धेरै महत्वपुर्ण पर्यटकिय स्थान छन भनेर चिनाउन यो अभियान शुरु गरेको सापकोटाको भनाई छ । यस अभियानको लागि सागर अधिकारी, अरुण गौतम, सुदिप भण्डारी, हेनसन बिक, बिकास शर्मा, रिचा बास्कोटा, बिष्णु सापकोटा लगायतको टिम अहोरात्र लागि परेका छन । अहिले सिड्नीबाट शुरु भएको यो अभियानलाई सबैको साथ पाए अष्ट्रेलियाका अन्य स्थानमा समेत चलाउने तयारी रहेको अभियन्ताहरुले बताए । हालसम्म चारवटा कारमा स्टिकर टाँसिसकेको र चारवटा बुक्ट भईसकेको जानकारी एक अभियन्ताले बिजनेसपाटीलाई बताए।
अध्ययनका लागी अष्ट्रेलियामा रहेका समुहले संचालन गरेको यो अभियानका लागी नेपाल पर्यटन बोर्डले आवश्यक सहयोग गर्ने जनाएको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपक राज जोशीले नेपालको पर्यटन बिकासका लागी यस्ता अभियान महत्वपुर्ण हुने भएकाले अभियान सफल बनाउन आफुले आवस्यक सहयोग गर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया