नेपालमा बसेर व्यवसाय गर्नु पाप हो ?

फार्मासिस्ट एलन न्यौपाने

कहिले औषधी व्यवस्था बिभाग अनुगमन गर्न आउँदा सास्ती खेप्नुपर्ने, कहिले स्थानीय सरकारले नानाथरी दुख दिने । त्योपनि जाबो हर्लिक्स, सेरेलेक, आमाको दूधको कमिले बजारमा पाइने आहापुरक दूध बेच्न बन्देज गर्ने । त्यही बस्तुहरु, जो किराना पसल बिना मापदण्डमा चलेका छ्न, । जो सँग ज्ञानको कमि छ, त्यो चाहिँ ठिक भन्ने प्रवृत्ति कहिलेसम्म चल्छ । एकातिर वैदेशिक चलन(चल्ती चाहे औषधी होस् अथवा अन्य दैनिक उपभोग गर्ने बस्तुहरु ।
बिदेशी चलन चल्ती भित्र्याउने हो भने Food and Drug Administration (FDA) जो खाने बस्तुदेखि औषधी समेत को नयाँ अनुसन्धान, अनुगमन, गुणस्तर एवं अन्य आवश्यकताको निगरानी गर्ने निकायलाई अवलम्बन गरौं ।

खाद्य र औषधी व्यवस्था बिभाग बिचको चपेटा
औषधी व्यवस्था बिभाग भन्छ दर्ता नभएका न्यूट्रास्युटिकल र कस्मेटिक बेच्न पाईदैन भन्दै अनुगमनका क्रममा ब्यवसायीलाई दुख दिन्छन् । बिडम्बन के छ भने दर्ता नभएको हो भनम भने खाध्य प्रविधी तथा गुणस्तर नियन्त्रण विभागमा दर्ता छ । पुर्जा लेख्ने डाक्टर सापहरुले पनि आवश्यकता देखेरै लेख्ने गर्छन् । अब फार्मेसी ब्यवसायी बेच्ने कि नाई । अन्तर्राष्ट्रिय मुल्य मान्यता हेर्न हो भनेपनि बिदेशका फार्मेसीले FDA अन्तर्गतको मापदण्डमा रहि सौर्न्दर्य र आहारपुरक बस्तु सजिलै बेचबिखन गरेको पाईन्छ ।

व्यवसाय गर्न रहर होईन बाध्यता हो
डिप्लोमा अथवा स्नातक पढाई गरेर घुम्ने कुर्सीमा बस्ने रहर कसलाई पो नहोला हो । त्यही बिडम्बनामा च्यापिएका हामी हौं । मेरा पनि कोहि आफन्त वा नातेदार, हुने खाने अथवा नेता हुन्थे भने भनसुन गरेरै करारमै भएपनि जागिर खाइन्थ्यो होला । कदम कदाचित त्यो नभए पनि धेर थोरै सम्पत्ति भए बिदेशी भुमिमा पाइला टेकिसकेको हुन्थ्ये । केहि सीप नलागेर अलि अलि सहकारीको ऋण काडेर भएपनि सानोतिनो व्यवसाय संचालन गरेर घर खर्च चलाउनु के मैले पाप गरेको हुँ ? यसको जवाफ कसले दिने ।

बिडम्बना के छ भेने
औषधी एन २०३५ पुरानो भयो समय सापेक्ष छैन भन्दै नयाँ औषधी विधेयक सांसदमा छलफलको विषय बनेको छ । फेरि त्यसमा अनौठो विषय सौन्दर्य प्रसाधन सामाग्रीलाई पनि समेटेर औषधी व्यवस्था बिभाग अन्तर्गत दर्ता गरि नियन्त्रण तथा अनुगमन गर्न पाउनुपर्ने भन्दै मुख्य एजेन्डा बनाइएको देखिन्छ । अब के देखिन्छ भने एकातिर औषधीको सम्पुर्ण कारोबार बिमाको बाहनामा सरकारी अस्पतालले गरेको पाइन्छ भने हामी जस्ता साना व्यवसायीले बिदेशी मान्यता अवलम्बन गर्न सरकार सकारात्मक देखिनुको विकल्प छैन । होइन भने व्यवसाय र व्यवसायी दुबै पलायन हुने देखिन्छ ।

प्रकासित मिति २०८०-१२-३

फेसबुकबाट तपाईको प्रतिक्रिया