नेपाली लोकसाहित्यको अन्तर्राष्ट्रिय सङ्गोष्ठी सम्पन्न

पोखरा -५ चैत्र

नेपाली लोकसाहित्य समाजबाटै हराउँदै गएको चासो र चिन्ता बढिरहेका अवस्थामा पृथ्वीनारायण क्याम्पस नेपाली विभागको आयोजनामा पोखरामा आयोजित दुईदिने नेपाली लोक साहित्यको अन्तर्राष्ट्रिय सङ्गोष्ठी आइतबार यहाँ सम्पन्न भयो ।

समाजको सामूहिक अभिव्यक्तिका रुपमा लिइने लोकसाहित्यले मानिसलाई नैतिकताको बोध गराउँदै राष्ट्रिय एकताको भावना जगाउने काम गर्ने भए पनि पछिल्लो समयमा लोप हुँदै गएको वास्तविकतामा अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठीमा नेपालका विद्वानका साथै अमेरिका, भुटान, दार्जलिङ, सिक्किम, आसाम, भारत र बंगलादेशका नेपाली लोकसाहित्य विषयका अनुसन्धाताले २१ वटा कार्यपत्र प्रस्तुत गर्नुभएको कार्यक्रम संयोजक प्रा।डा। कुशुमाकर न्यौपानेले जानकारी दिए ।

गोष्ठीमा कार्यपत्रका साथै एक सत्रमा विभिन्न देशमा नेपाली भाषाको स्थिति सम्बन्धमा छलफल गरिएको थियो । गोष्ठीको शनिबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाले उद्घाटन गरे ।

नेपाली केन्द्रीय विभाग पृथ्वीनारायण क्याम्पसका प्रमुख सह प्रा कृष्णप्रसाद पौडेलले गोष्ठीका क्रममा स्वदेशी एवम् विदेशी विद्वानबीच गरिएको लोकसाहित्यका विभिन्न विधामा गरिएको छलफलले नेपाली लोकसाहित्यको विकासमा महत्वपूर्ण सहयोग पु¥याएको विश्वास व्यक्त गरे । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया