नेपाल एसबिआई बैंकको सीईओमा तिवारी नियुक्त

काठमाडौं १९ मंसिर २०८१।
नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामकुमार तिवारी नियुक्त भएका छन् । मंसिर १८ गते बसेको बैठकले बैंक सञ्चालक समितिको तिवारीलाई प्रबन्ध सञ्चालक तथा सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
भारतीय स्टेट बैंकसँगको सेवा सम्झौता बमोजिम एसबीआईबाट नेपाल एसबिआई बैंकमा खटिई आएका बैंकका सीईओ दीपककुमार देका स्थानमा तिवारीलाई नियुक्त गर्ने निर्णय भएको जनाएको छ । तिवारीले आगामी माघ २ गतेदेखि सीईओको जिम्मेवारी सम्लाल्ने छन् ।
रामकुमार तिवारी एसबिआई बैंकका महाप्रबन्धक हुन् । तिवारीले इन्दिरा गान्धी नेशनल ओपन युनिभर्सिटिबाट बैंकिङ एण्ड फाइनान्समा एमबीए गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया