नेपाल बैंकको नाफा बढ्यो

बिजनेसपाटी २७ बैशाख
मुलुककै पुरानो बैंक नेपाल बैंक लिमिटेडले दुई अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको छ । गत बर्षको चैतमा भने नेपाल बैंकको नाफा एक अर्ब ६४ करोड मात्र रुपैयाँ थियो।

गत बर्ष बैकले कर्मचारीका लागि एक अर्ब ५२ करोड रुपैयाँ खर्च गरेकोमा यसपाली भने एक अर्ब ६८ करोड रुपैयाँ नाघेको छ। बैंकले यस आवधिमा डुबेको ऋणमध्येबाट ३० करोड ४७ लाख रुपैयाँ राइट ब्याक गरेको छ।
बैंकले करिव एक अर्ब रुपैयाँले चुक्ता पूँजी बढाएर सात अर्ब ४५ करोड पुर्याएको छ । बैंकले खुद ब्याज आम्दानी दुई अर्ब ९० करोडबाट बढाएर ४ अर्ब ७ करोड रुपैयाँ पुर्याएको छ ।

यस आवधिमा बैंकको खराव कर्जा ३.६७ प्रतिशतबाट घटेर २.८५ प्रतिशतमा आएको छ भने पूँजी कोष अनुपात ९.५५ प्रतिशतबाट १३.५२ प्रतिशत पुगेको छ। प्रति सेयर आम्दानी ४५ रुपैयाँ रहेको छ । हाल बैंकले ८३ अर्ब ९५ करोड निक्षेप संकलन गरेको छ भने ७४ अर्ब २० करोड ऋण लगानी गरेको छ। ।

फेसबुकबाट तपाईको प्रतिक्रिया