नेप्सेमा १७.८९ अंक दोहोरो अंकको गिरावट, लगानीकर्ताले एकैदिन गुमाए १७ अर्ब रकम

बिजनेसपाटी ९ कार्तिक

आज  मंगलबार पनि नेप्सेमा गिरावोट आएको  । आज नेप्सेमा  १७.८९ अंक दोहोरो अंकको गिरावट आएको छ । आज  नेप्से १.०१ प्रतिशतले घटेर १७५१  को बिन्दुमा रोकिएको छ ।

कारोबारमा आज आएका सबै समुहगत सूचक   घटेका छन्  ।  यस दिन  १ सय २७   कम्पनीका ७  लाख ६४ हजार ९  सय २४  शेयर खरिद बिक्रिबाट  ७१ करोड ३२ लाख ३२ हजार  ५  सय ६ रुपैयाँको कारोबार भएको छ।  जसमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको मात्र ६ करोड ५४  लाख ६३ हजार बराबरको कारोबार भएको छ ।  अन्य बढी कारोबार हुनेमा एभरेस्ट बैंक लिमिटेड, मच्चापुच्छ्रे बैंक लिमिटेड, जनता बैंक नेपाल लिमिटेड, एनएमबि बैंक लिमिटेड रहेका छन् ।

त्यस्तै आजको कारोबारमा बढी कमाउनेमा सिभिल बैंक लिमिटेड, सिनर्जी फाइनान्स लिमिटेड, यति डेभलपमेन्ट बैंक लिमिटेड, जनउत्थान सामुदायिक लघु बित्ता विकास बैंक, फस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ता रहेका छन् । यस दिन सिभिल बैंक लिमिटेड, सिनर्जी फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

एनएमबी बैंक, नेरुदी लघुवित्त विकास बैंक, महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्था, कामना विकास बैंक, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका  लगानीकर्ताले भने आजको कारोबारमा गुमाएका छन। एनएमबी बैंकले लगानीकर्ताको अपेक्षा बिपरित लाभाश घोषणा गरेपछि यसको शेयर मूल्य ६ प्रतिशतले घटेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया