नेप्सेमा आज १.३६ अंकले गिरावोट
विजनेसपाटी सम्बाददाता
काठमाडौ १६ असार
आज नेप्सेमा १.३६ अंकले गिरावोट आएको छ । आज बिहिबार शेयर बजारमा १ सय ४२ कम्पनीको २३ लाख २७ हजार ४ सय ६४ कित्ता सेयर किनवेचवाट एक अर्व ७५ करोड ४४ लाख ६ सय २० रुपैयाँको सेयर कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बिहिबार कारोबारमा आएको बीमा समूह, बिकास बैंक, फाइनान्स र अन्य समूहको सूचक वृद्धि भएपनि बैंकिङ र जलविद्युतको भने केहि घटेको छ । आज बीमा समूहको सूचक ६८.६७, विकास बैंकको ३७.३९, फाइनान्सको ६.६१ र अन्य समूहको सूचक ३.५३ अंकले वढेको छ । आज बिहीबार बैकिङ समूह १३.७३, जलविद्युत २४.१९, उत्पादन समूह ९.९७ र होटल समूह ३.११ अंकले घटेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया