नेप्सेमा थपियो ४० लाख ६७ हजार कित्ता सेयर
बिजनेसपाटी १३ असार
आज बुधबार नेपाल स्टक एक्स्चेञ्जमा २ कम्पनीका ४० लाख ६७ हजार १५३ कित्ता सेयर सूचीकृत भएका छन् । गत आर्थिक वर्षमा नेपाल ल्यूब आयल र निर्धन उत्थान लघुवित्तले विबरण गरेको बोनस सेयर कारोबारका लागि सूचीकृत भएको हो । निर्धनको ४० लाख १ हजार ६५० कित्ता र नेपाल ल्युबको ६५ हजार ५०३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया