नेप्से सुधार : प्रभु बैंकको संस्थापक शेयरको कारोबार उच्च
बिजनेसपाटी ८ असार
आज बिहिबार नेप्से बढेको छ भने अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि केहि सुधार आएको छ । नेप्से सूचक ४.८० अंकले बढेर आज १५५९.४९ को उचाईमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १३९ कम्पनीका १५ लाख ७७ हजार ७ सय ७ कित्ता शेयर खरिद बिक्रिबाट ६७ करोड १८ लाख १९ हजर ८ सय ५५ रुपियाँको कारोबार भएको छ ।
आज प्रभु बैंकको संस्थापक शेयरको सबै भन्दा धेरै १४ करोड १२ लाख बराबरको कारोबार भएको छ । एभरेस्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, प्राइम लाइफ इन्स्योरेन्स, सिद्दार्थ बैंकले पनि राम्रै कारोबार गरेका छन् ।
आज इन्स्योरेन्स बाहेकका सबै समुहगत सूचक बढेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया