नेप्से १० अंकले घट्यो, कसले कति कमाए र गुमाए ? सुची सहित
बिजनेसपाटी सम्बाददाता
काठमाडौं ५ असार ।
गएको साता निकै उक्सिएको पुंजी बजार आज आइतबार सामान्य घटेको छ । आज नेप्से १० अंकले ओर्लिएर १६२२ अंकमा रोकियो ।
आज बजार खुल्नासाथ तल झर्ने थालेको पुजी बजार दिउसो फेरि बढेर १६३६ अंक पुगेको थियो । तर अन्तिममा आएर १० अंकले घट्यो । तिब्र बढेको इन्स्योरेन्स समूहको सेयर मूल्य घट्न थालेपछि बजारलाई गिरेको हो । आज इन्स्योरेन्स समूहको मात्रै १५५ अंकले सूचक घट्यो ।
त्यस्तै आज बाणिज्य बैंक समूह पनि घटेको छ भने जलविद्यूत र विकास बैंक समूहको सूचक पनि ओर्लियो । बढ्नेमा अन्य समूह, उत्पादनमुलक, फाइनान्स र होटल समूह मात्रै रहे ।
आज दिनभर बजारमा एक अर्ब ६५ लाख रुपैयाँको सेयर किनबेच भयो । शिखर इन्स्योरेन्सको सस्थापक सेयर मात्रै १० करोड रुपैयाँको कारोबार भयो भने राष्ट्रिय बीमा कम्पनीको ५ करोड ५३ लाख रुपैयाँको सस्थापक सेयर किनबेच भयो ।
आज प्रमुख १० करोबार हुने कम्पनीमा बीमा कम्पनी मात्रै परे । बीमा समूहको ७३ करोड रुपैयाँको सेयर किनबेच भयो भने बाणिज्य बैंकहरुको ३० करोड, बाणिज्य बैंक समूहको २७ करोड र जलविद्यूत समूहको ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
आज कञ्चन डेभलपमेन्ट बैंक,नेको इन्स्योरेन्स, तारागाउ रिजेन्सी होटल, एनआइडिसी क्यापिटल मार्केट्सका लगानीकर्ताले १० प्रतिसतका दरले कमाए भने अल्पाइन डेभलपमेन्ट बैंक,प्रुडेन्सियल इन्स्योरेन्स,लुम्बनी जनरल इन्स्योरेन्स लगायतका लगानीकर्ताले आइतबार गुमाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया