नेशनल लाइफको ९९ लाख ३६ हजार कित्ता हकप्रद शेयर निष्काशन
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_696,h_522/https://businesspati.com/wp-content/uploads/2017/02/national-life-insurence.jpg)
काठमाडौं,१५ असार ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ९९ करोड ३६ लाख ४७ हजार रुपैयाँ बराबरको ९९ लाख ३६ हजार ४७० कित्ता हकप्रद शेयर निष्कासन गरेको छ ।
शेयर आवेदन भने अगामी साउन १ देखि भदौ ४ गतेभित्र दिनुपर्ने समयसीमा तोकिएको छ । कम्पनीको हाल कायम १ अर्ब ६५ करोड ६० लाख ७९ हजार ५९० रुपैयाँ चुक्तापुँजी हकप्रद बाँडफाँडपछि २ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ पुग्नेछ ।
कम्पनीले १० कित्ता शेयर बराबर नयाँ ६ कित्ता अर्थात (१०ः६)को अनुपातमा हकप्रद वितरण गर्न लागेको हो । हकप्रद शेयरको लागि असार २१ गतेसम्म कारोबार गरेका शेयरधनीले आवेदन दिन पाउनेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले हो । कम्पनीको संस्थापक सेयरमा नेपालीको ४५, विदेशीको १०, सर्वसाधारणको ३५ र राष्ट्रिय वाणिज्य बैंकको १० प्रतिशत स्वामित्व रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया